कोरोना भाइरस संक्रमण : कुन प्रदेशमा कति संक्रमित ?

कोरोना भाइरस संक्रमण : कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं : कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ। बिहीबार मात्र थप ३३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।योसहित संक्रमितको संख्या २६ सय ३४ पुगेको छ।विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार सबै प्रदेशमा कोरोनाको संक्रमण देखिएको छ। जसमध्ये प्रदेश १ मा १९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।प्रदेश १ का सबै १२ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ। 

यस्तै प्रदेश २ का आठ जिल्लामा ९६३ जना, बागमती प्रदेशका १२ जिल्लामा ५९ जना, गण्डकी प्रदेशका ७ जिल्लामा ५३जनामा पनि कोरोना संक्रमण देखिएको छ।

प्रदेश ५ का ११ जिल्लमा ८९८ जना, कर्णाली प्रदेशका ६ जिल्ला मुगुसहित ३८३ जना र सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ८१ गरी कुल २ हजार ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
संक्रमित जिल्लाको संख्या ६५ पुगेको छ।

यस्तै बिहीबार पीसीआर विधिबाट ८४ हजार एक सय ३४ र आरडीटी विधिबाट एक लाख २५ हजार पाँच सय ६४ को नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार आठ सय ६७ र आरडीटी विधिबाट पाँच हजार एक सय ८५ जनाको नमुना परीक्षण गरिएको छ। जसमध्ये पुरुष दुई हजार चार सय ५० छन् भने महिला १८४ जना छन्। 

बिहीबारसम्म २९० जनाले कोरोना जितेका छन् भने १० जनाको मृत्यु भइसकेको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.