कर्णालीमा थपिए ११४ जना संक्रमित : संक्रमण नभएकालाई पनि कोरोना पुष्टि

कर्णालीमा थपिए ११४ जना संक्रमित : संक्रमण नभएकालाई पनि कोरोना पुष्टि

दैलेख : कर्णाली प्रदेशमा एकै दिन ११४ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लास्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । 

अब योसहित कर्णालीमा संक्रमितको संख्या ३ सय ८९ पुगेको छ । दैलेखका १ सय १३ जना र मुगुका १ जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाएका छन् । डा. तिवारीका अनुसार दैलेखको नारायण नगरपालिकाका मात्रै १ सय ८ जनामा कोरोना संक्रमण देखिएको हो । 

दैलेखको नारायण नगरपालिका वडा नम्बर १ का १ जना, वडा नम्बर २ का २१ जना, वडा नम्बर ३ का १५ जना, वडा नम्बर ४ का २८ जना, वडा नम्बर ५ का ६ जना, वडा नम्बर ६ का १४ जना, वडा नम्बर ९ का ३ जना,  वडा नम्बर १० का १० जना,  वडा नम्बर ११ का १० जनामा कोरोना संक्रमण देखिएको छ । 

त्यसैगरी नौमूले गाउँपालिका-१ का २ जना, वडा नम्बर २ का ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै खत्याड गाउँपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै दैलेखमा कोरोना संक्रतिको संख्या २ सय १७ पुगेको छ। कोरोनाका कारण एकजनाको मृत्यु भइसकेको छ ।   

कोरोना संक्रमण नभएकालाई कोरोना पुष्टि

सामाजिक विकास मन्त्रालयअन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाले गत सोमबार बनगाड कुपिण्डे नगरपालिका-३ सल्यान निवासी १७ र १९ वर्षीय पुरुष र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ७ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि गर्‍यो । तर, बिहीबार उनीहरुमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । ती ३ जनामा भुलबस रिपोटिङ भएको महाशाखाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.