कोरोना नियन्त्रणमा सघाउन दातासँग गुहार

कोरोना नियन्त्रणमा सघाउन दातासँग गुहार

सुर्खेत : कर्णालीमा कोरोना संक्रमण बढ्दै गएपछि प्रदेश सरकारले दातृ निकाय गुहार्न थालेको छ। सरकारी प्रयासले मात्र सम्भव नभएको भन्दै्र प्रदेश सरकारले विदेशी विकास साझेदार र दातृ निकायसँग सहयोग माग्न थालेको हो। महामारी नियन्त्रण बाहिर जाने खतरा बढेपछि दातृ निकायको सहयोग मागिएको प्रदेश सरकारले जनाएको छ।

पछिल्लो समय भारतबाट भित्रिएकासँगै कोरोना संक्रमण बढ्दो छ। बिहीवार साँझसम्म कर्णालीमा संक्रमितको संख्या तीन सय ८९ पुगेको छ। एकजनाको मृत्यु भइसकेको छ। करिब तीस हजार नागरिक क्वारेन्टाइनमा छन्। 

संक्रमण बढेको र परीक्षण र व्यवसथापन गर्न समस्या भएपछि प्रदेश सरकारले अन्तर्राष्ट्रिय विकास साझेदार र संयुक्त राष्ट्रसंघीय निकायकासँग कोरोना नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको हो।

किट र मेसिन अभावमा परीक्षण सुस्त भएको र स्वास्थ्य सामग्रीको पनि अभाव हुँदा महामारी नियन्त्रणमा कठिनाई भएको प्रदेश सरकारले दातृ निकायलाई अवगत गराएको छ। 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले बुधवार दातृ निकायका प्रतिनिधिसँग सामुहिक छलफल गरेको थियो। त्यसक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशमा कोरोना नियन्त्रणमा सहयोग गर्न दातासँग आग्रह गरे। क्वारेन्टाइन र आइशोलेसन व्यवस्थापन तथा परीक्षणमा सहयोग गर्न दाताहरुलाई आग्रह गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

मुख्यमन्त्री शाहीले क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन, पीसीआर प्रयोगशाला स्थापना, परीक्षणका लागि किट र एम्बुलेन्स सहयोग गर्न दातासँग आग्रह गरे। ‘दुई हप्तामा मात्र ३५ हजार नागरिक कर्णाली फर्किए, अझैं भारत र तेस्रो मुलुकबाट झण्डै डेढलाख नागरिक भित्रिने अनुमान गरेका छौं’, दातृ निकायका प्रतिनिधिसँगको छलफलमा मुख्यमन्त्री शाहीले भने, ‘गाउँ फर्किएकालाई राख्न क्वारेन्टाइन पनि व्यवस्थापन गर्न सकेका छैनौं, यो संकटमा हामीलाई यहाँहरुले आवश्यक सहयोग गरिदिनु पर्‍यो।’ हाल कर्णालीमा तीन वटा पीसीआर मेसिन छन्। सुर्खेतमा दुई र जुम्लामा एउटा मेसिन् छन्। तर ती मेसिनले चाप थेग्न सकेको छैनन्। जसले गर्दा परीक्षणमा ढिलाइ भइरहेको छ। 

‘भएका मेसिन २४ घण्टा सञ्चालन गरेका छौँ, तर एक दिनमा पाँच सयको मात्रै परीक्षण सम्भव भयो’ मुख्यमन्त्रीले दाताहरुसँग भने, ‘परीक्षणको दायरा बढाउन थप मेसिन, किट र जनशक्ति व्यवस्थापनमा यहाँहरुले सहयोग गर्नुस्।’ 

कोरोनाले महामारीको रुप लिन थालेपछि प्रदेश सरकारले एक्लो प्रयासबाट नियन्त्रण सम्भव नभएको बताउँदै आएको छ। ‘कर्णालीका नागरिक छाक टार्न तीन महिनाका लागि भारत जान्छन्, तर यसपाली कोरोनाको महामारीपछि रित्तो हात फर्किएका छन्’ शाहीले दातृ निकायसँग भने, ‘विपन्न नागरिकलाई निर्वाह भत्ता दिँदा प्रदेशलाई आर्थिक भार परेको छ, अब दातृ निकायले जे सकिन्छ त्यही सहयोग गर्नुपर्‍यो।’ 

त्यस क्रममा दातृ निकायका प्रतिनिधिहरुले यो संकटमा सक्दो सहयोग गर्ने बचन दिएका छन्। प्रदेश सरकारसँग आफूहरु सहकार्य गर्न तयार रहेको भन्दै दातृ निकायका प्रतिनिधिले महामारीसँग मिलेर लड्ने बताए। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.