आगामी दिनमा बसाल्नुपर्ने आनीबानी

आगामी दिनमा बसाल्नुपर्ने आनीबानी

पहिलाको जीवन सरल थियो। न मुखमा मास्क चाहिन्थ्यो, न हातमा पञ्जा। अब त शरीर कपडाले छोपेजस्तै मुख मास्कले छोप्नुपर्ने भएको छ। हरेक काम गरिसकेपछि हात धुनुपर्ने भएको छ। गोजीमा स्यानिटाइजर अनिवार्य बोक्ने बानी बसाल्नुपर्ने भएको छ। 


विश्वका अन्य देशमा जस्तै नेपालमा पनि कोभिड–१९ को प्रकोप दैनिक रूपमा बढिरहेको देखिन्छ। लकडाउन भएको दुई महिना नाघिसक्यो। मजदुर, डेरामा बस्दै आएका विद्यार्थी, निजी क्षेत्रमा काम गर्ने कर्मचारीलगायत आर्थिक हैसियत न्यून भएकाको चुह्लोे बल्न छाडिसक्यो। लकडाउन गर्दैमा कोरोना नियन्त्रण हुन्छ भन्ने छैन। यसरी लकडाउन गरेर धेरै लामो समयसम्म निर्वाह गर्न सकिन्न। त्यसैले अब नेपाली जनताले आउँदा एक–दुई वर्षसम्म कोरोनासँगै जीवन जिउन सिक्नुपर्छ। 

‘न्यू नर्मल’ जिन्दगी 
कोरोना–कालअघि हामी साधारण(नर्मल) जीवन बाँचिरहेका थियौँ। अहिले समय र परिस्थिति परिवर्तन भएका छन्। अब बाँच्न र जीविकोपार्जन गर्न ‘न्यू नर्मल’ अर्थात्नयाँ साधारण जीवन जिउन आवश्यक छ। यसको अर्थ, पहिलेभन्दा पूर्णतः भिन्न जीवनशैली अपनाउनुपर्छ। 

पहिलाको जीवन सरल थियो। न मुखमा मास्क चाहिन्थ्यो, न हातमा पञ्जा। अब त शरीर कपडाले छोपेजस्तै मुख मास्कले छोप्नुपर्ने भएको छ। हरेक काम गरिसकेपछि हात धुनुपर्ने भएको छ। गोजीमा स्यानिटाइजर अनिवार्य बोक्नुपर्छ। एक–दुई वर्ष मास्क र स्यानिटाइजरबिना बाहिर निस्कनु निकै घातक साबित हुनेछ। 

विवाह, व्रतबन्धलगायत समारोह गर्दा भीडभाड हुन्छ, भौतिक दूरी कायम गर्न निकै मुश्किल हुन्छ। त्यसैले यस्ता समारोह र अन्य सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गर्दा धेरै मानिस भेला नगराउने विषयमा सचेत हुनुपर्छ। 


खोक्दा, हाच्छिउँ गर्दा थुक वा सिँगानका स–साना कण बाहिर निस्कन्छन्। यदि कुनै व्यक्तिलाई संक्रमण भएको रहेछ भने नजिकका व्यक्तिलाई सर्ने सम्भावना प्रबल हुन्छ। त्यसैले अब आउँदा दिनहरूमा ‘मेरो नजिकको साथी हो’ भनेर गम्रङ्ग अँगालो हाल्नु उचित हुँदैन। सकेसम्म पाँच फिट टाढा रहेर कुराकानी गर्नुपर्छ। रुघा लागेमा वा हाच्छिउँ आएमा हातले मुख छोप्ने हामी सबैको बानी छ। यो झनै खतरनाक मानिन्छ। यसरी हाच्छिउँ गर्दा वा खोक्दा हातमा भाइरसहरू आउँछन् र हातले जहाँ छुन्छ, त्यहाँ सर्ने सम्भावना रहन्छ। बरु कुहिनो अगाडि राखेर मुख छोप्न सकिन्छ। 

यी कुरा त हामीले तीनचार महिनादेखि गर्दै आएका छौँ। जोडले बोल्दा, चिच्चाउँदा पनि छिटाहरू मुखबाट बाहिर निस्कन सक्छन्। त्यस्तै, गीत गाउँदा पनि थुकका छिटा बढी निस्कन्छन्। कसैले तपाईंको अगाडि गीत गाइरहेको छ भने ऊसँग निश्चित दूरी कायम गर्नु अति आवश्यक हुन जान्छ। त्यसैले आउँदो ‘न्यू नर्मल’ जीवनमा यस्ता क्रियाकलाप गर्दा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ। 

‘थोरै मान्छे र दूरी’को नीति 
विवाह, व्रतबन्धलगायत समारोह गर्दा भीडभाड अत्यधिक हुन आउँछ। त्यस्ता ठाउँमा जाँदाभौतिक दूरी कायम गर्न निकै मुश्किल हुन्छ। त्यसैले त्यस्ता समारोह र अन्य सांस्कृतिक तथा धार्मिक कार्यक्रमआयोजना गर्दा धेरै मानिस भेला नगराउने विषयमा सचेत हुनुपर्छ। ‘थोरै मान्छे र भौतिक दूरी’को नीति अपनाउनुपर्छ। त्यसै गरी, सेवाग्राहीको भीड लाग्ने बैंक, विद्युत कार्यालय  आदिमा लाइन लाग्ने ठाउँको व्यवस्था गर्नुपर्छ। 

सार्वजनिक यातायातमा बढी सजग हुनुपर्छ। मुखमा मास्क अनिवार्य रूपमा लगाउनुपर्छ। एउटा सिटमा एकजनालाई मात्र राख्नुपर्छ। अरूसँगटाँसिएर बस्नु हुँदैन। गाडीबाट झरेपछि हात धुने बानी बसाल्नुपर्छ। हरेक बसमा ह्यान्ड स्यानिटाइजरको व्यवस्था गरिनुपर्छ। डिस्पोजेबल मास्क छ भने गाडीबाट ओर्लिनासाथ मास्क फाल्दिनुपर्छ। वासेबल मास्क हो भने धोएर मात्र प्रयोग गर्नुपर्छ।सानो माइक्रो र ट्याम्पोमा यात्रा गर्नु खतरनाक हुन सक्छ। त्यसैले जरुरी नभईकन मानिसहरू ओहोरदोहोर नगर्नु नै राम्रो हुनेछ। 

साँघुरोदेखि सावधान 
साँघुरो कोठामा बस्नु खतरनाक साबित हुन जान्छ। अहिलेसम्मको जानकारीअनुसार यदि कसैलाई संक्रमण छ भने उसले ‘क्लोज स्पेस’मा श्वासप्रश्वास गर्दा तीन घण्टासम्म भाइरसहरू हावामा पनि जीवित रहन सक्छन्। यस्तो अवस्थामा संक्रमण हुने सम्भावना बढ्छ। त्यसैले हावा ओहोरदोहोर गर्ने कोठा हुनु आवश्यक छ।हावा नखेल्ने लिफ्ट त झनै डरलाग्दो हुन्छ। लिफ्टमा बटन थिच्दा पनि संक्रमण हुन सक्छ र त्यहाँ सास फेर्दा पनि संक्रमण हुन सक्छ। त्यसैले एकदुई जनाभन्दा बढी व्यक्ति लिफ्टमा चढ्नु हुँदैन। सकिन्छ भने लिफ्ट नचढेकै राम्रो !

जिममा जाँदा, एक्ससाइज गर्दा पनिमान्छेहरू स्वाँस्वाँ गर्छन्, खोक्छन्। त्यसैले आउँदा दिनहरूमा जिममा पनि दूरी मेन्टेन गर्नुपर्ने हुन्छ। 

उदाहरणका लागि स्विडेनलाई लिऊँ।स्विडेनमा लकडाउन गरिएन। हरेक ठाउँमा भौतिक दूरी कायम गरियो। रेस्टुरेन्टमा पहिले १० वटा टेबल थिए भने पछि पाँच वटा मात्र राखिए। एउटा टेबलमा  दुई वा तीन जनाभन्दा बढी नबस्ने व्यवस्था गरियो। नेपालले स्विडेनबाट सिक्न सक्छ।

आँउदा दिनहरूमा डिपार्टमेन्टल स्टोरमा जाने÷आउने गर्दा ध्यान पुर्‍याउनु पर्छ। एकपटकमा यति जना भित्र छिर्ने, यति जना बाहिर निस्कने भन्ने नियम बनाएर राख्नुपर्छ। ट्रली प्रयोग गर्दा पञ्जा लगाउनुपर्छ। हरेक ठाउँमा साबुन पानीले हात धुने अथवा स्यानिटाइजर लगाउने व्यवस्था हुनुपर्छ। 

फिल्म हेर्न जाँदा पनि विचार पुर्‍याउनुपर्छ। हलमालिकले दर्शकको सुरक्षालाई ध्यान दिएर त्यहीअनुसार व्यवस्था गर्नुपर्छ। 

प्रतिरोधात्मक क्षमता यसरी बढाउने 
भनिन्छ, ५० देखि ६० प्रतिशत मानिस संक्रमित भए भने बाँकीमा आफैँ प्रतिरोधात्मक क्षमता आउँछ। धेरै जना संक्रमित भइसकेपछि बाँकीमा भाइरसलाई थेग्न सक्ने क्षमता बढेर जान्छ। 

प्रतिरोधात्मक क्षमता बढाउने अर्काे उपाय खानपान हो। जंक फुडले प्रतिरोधात्मक क्षमता घटाउने गर्छ। मदिरापान र धूम्रपानले पनि रोगसँग लड्ने क्षमता घटाउँछन्। 

रोग प्रतिरोधात्मक क्षमता बढाउनसन्तुलितआहार खानुपर्छ। फलफूल, सागपात र पोषणयुक्त खानाले शरीरलाई फाइदा पुर्‍याउँछन्। पर्याप्त आराम र शारीरिक व्यायामले शरीरमा स्फूर्ति कायम गर्छन्। 

धेरै दौडधूप गर्दा मानसिक तनाव हुन सक्छ। त्यसैले तनाव नलिई काम गर्दै जाने हो भने प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ। मानिसमा प्रतिरोधात्मक क्षमता जन्मजातनै रहेको हुन्छ। मात्र हामीले त्यसलाई बिग्रन नदिने हो।ताजा पकाएको खाना,सन्तुलित भोजन, शारीरिक कसरत, निद्रा, आराम, असल साथीभाइको संगतले यसलाई माथि लैजाने काम गर्छ। त्यसैले आउँदा दिनमा यसलाई पनि ख्याल गर्नुपर्छ। 

खुम्चिएर बस्नु ठीक होइन
लकडाउनमा घरभित्र बसेको बस्यै गर्दा शहरका मान्छेमा विभिन्न समस्या देखिएका छन्। घरमा बस्दा मानिसहरूजंक फुड खाइराखेका हुन्छन्। फ्रुट जुस, कोक,फ्यान्टाहरू पनि पिइरहेका हुन्छन्। यी स्वास्थ्यका लागि राम्रा खानेकुरा होइनन्। नुन र चिनीभएका कुनै पनि चिज स्वास्थ्यवद्र्धक हुँदैनन्। यी चिज खाँदा प्रतिरोधात्मक क्षमता घटिरहेको हुन्छ। 

कतिपय मानिस त घरबाहिरै निस्कँदैनन्। एक त काठमाडौँजस्ता शहरमा पार्कको कमी छ। घुम्ने ठाँउ पनि छैनन्  । साथीभाइसँग भेटभाट गर्ने, सामाजिकीकरण हुने वातावरण पनि बनिरहेको छैन। अहिलेको हाम्रो जीवन पूर्ण रूपमा निष्क्रिय भएको छ। अब छिट्टै नै न्यू नर्मल जीवनमा फर्किनुपर्छ। 

(वरिष्ठ मनोचिकित्सक उपाध्यायसँग सुमित सुवेदीले गरेको कुराकानीमा आधारित) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.