क्वारेन्टाइन बसेका जुम्लाका एक वृद्धको मृत्यु

क्वारेन्टाइन बसेका जुम्लाका एक वृद्धको मृत्यु

सुर्खेत : जुम्लामा क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका–८ धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टाइन बसेका ६५ वर्षीय वृद्धको बिहीबार राती मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार मृतक वृद्ध यही जेठ २१ गते बाहिरी जिल्लाबाट आएर क्वारेन्टाइन बसेका थिए।

मृतकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको स्वास्थ्यकर्मी टोलीले स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार मृतक वृद्ध चन्दननाथ नगरपालिका–८ का हुन्। मृतक दमको रोगी भएको र केही समय बर्दियामा बसेर दुई दिनअघि जुम्ला फिर्ता भएका थिए। जुम्लामा क्वारेन्टाइनमै मृत्यु भएको यो पहिलो घटना हो। 

वृद्धको मृत्युपछि जुम्लाबासी थप त्रसित बनेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावतले जुम्लामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै मानिसको बढी चहलपहल हुने जुम्ला सदरमुकाम क्षेत्र सिल गर्नुपर्ने बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.