भैरहवा नाकाबाट आयात रोकियो

भैरहवा नाकाबाट आयात रोकियो

भैरहवा : रुपन्देहीको भैरहवा (बेलहिया) नाका हुँदै मुलुकमा भित्रिने मालवाहक गाडी फेरि भारतीय सीमामा रोकिएका छन्। नेपालमा आउन लागेको मालवाहक गाडीहरुको भारतीय भन्सारका किल्यरिङ एजेण्टहरुले जाँचपास रोक्दा गाडीहरु सीमामा रोकिएका हुन्। जाँचपास रोकिदा सीमापारी मालवाहक गाडीहरुको लाम लागेको छ।

कोरोना संक्रमणका कारण सीमापारी आवतजावतमा रोक लगाइएपछि सीमापारीको सोनौली ट्रान्सपोर्ट एण्ड किल्यरिङ एजेण्ट एसोसियसनले आफुहरु भैरहवा भन्सारमा आएर काम गर्न पाउनु पर्ने भन्दै तीन दिन अघि गाडीको जाँचपास रोक्ने संस्थागत निर्णय गरेका थिए। आयात प्रभावित भएपछि सरोकारवालाहरुको छलफलले आयात पुनः सूचारु गराइएको थियो।

तर, फेरी उही विषयलाई लिएर शुक्रबार फेरी भारतीय भन्सारका एजेण्टहरुले सीमापारी गाडीको जाँचपास रोक्दा भन्सारमा कुनै पनि मालवाहक गाडी आउन नसकेको भैरहवा भन्सारका सूचना अधिकृत पूर्ण प्रसाद लम्सालले जानकारी दिए। ‘मालवाहक गाडी भित्रिनमा हाम्रो तर्फबाट कुनै अवरोध सिर्जना भएको छैन’ उनले भने, उनीहरुको (भारततर्फ) आन्तिरक समस्याका कारण भन्सारमा मालवाहक गाडी आउन नसकेको हो।’

यस विषयमा छलफल भइरहेकोले सम्भवत साँझसम्म मालवाहक गाडीहरु भित्रिन सुरु हुने उनको भनाई छ। भारतको सोनौली ट्रान्सपोर्ट एण्ड किल्यरिङ एजेण्ट एसोसियसनका अध्यक्ष आर. के. गुप्ताले विगत जस्तै आफुहरुलाई हाल भैरहवा भन्सारमा जान रोक लगाइएकोले आफुहरु ‘पेन डाउन’ आन्दोलनमा उत्रिएको बताए।

भैरहवा भन्सारमा सहज रुपमा काम गर्नका लागि लिखित वा ठोस आश्वासन नपाएसम्म आफुहरुको आन्दोलन जारी रहने उनको भनाई छ। भैरहवा नाकाबाट विगतमा दैनिक चार सयको हाराहारीमा मालवाहक गाडीहरु भित्रिने गरेका थिए भने लकडाउन भएदेखि औसतमा दैनिक डेढ सयको मालवाहक गाडीहरु भित्रिने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.