आरडीटीले ज्यान लियो
सुर्खेत : कर्णालीमा कोरोना परीक्षणमा गम्भीर लापरबाही भइरहेको छ। आरडीटी परीक्षणको भर पर्दा सुर्खेतमा एक युवाको कोरोनाबाटै ज्यान गएको छ। जिल्लाको पञ्चपुरी नगरपालिका–१ हाँसेगाउँका २० वर्षीय युवाको कोरोनाबाट मृत्यु भएको हो। भारतबाट आएका उनी १४ दिनसम्म नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए।
कोरोना संक्रमण भए÷नभएको पुष्टि गर्न उनको आरडीटी परीक्षण गरिएको थियो। आरडीटी रिपोर्ट नेगेटिभ आएको र क्वारेन्टाइन अवधि पनि पूरा भएको भन्दै उनलाई बुधबार घर पठाइएको थियो। कोरोना नभएको बताएपछि खुशी हुँदै घर पठाइएका ति युवाको बिहीबार बिहान २ बजे घरमै मृत्यु भयो।
स्थानीयका अनुसार ति युवाले मध्यरातबाट स्वास फेर्न कठिन भएको बताएका थिए। मृत्युपछि उनको बिहीबार मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको छ। सामाजिक विकास मन्त्रालययका अनुसार आरडीटी रिपोर्ट नेगेटिभ देखिएको उनको पीसीआर रिपोर्ट भने पोजेटिभ आएको छ। ति युवाको मृत्यु कोरोनाबाटै भएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले पुष्टि गरे।
मृतकका आफन्तले परीक्षणमा गम्भीर लापरबाही गरिएका कारण युवाको मृत्यु भएको बताएका छन्। आरडीटी परीक्षणको भर पर्दा युवकको अकालमै ज्यान गएको र गाउँ पनि जोखिममा परेको वडाध्यक्ष धनबहादुर थापाले बताए। मृतक युवा जेठ ८ गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए। ‘१४ दिनसम्म विद्यापुरको क्वारेन्टाइनमा बसेर उनी गाउँ आएका थिए’, वडाध्यक्ष थापाले भने, ‘आरडीटी गर्दा रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाएछन्, तर घर पुगेपछि उनको मृत्यु भयो। पहिले नै पीसीआर परीक्षण गरेको भए सायद उनी बाँच्ने थिए।’
मृतक युवा ६ जना साथीसँगै एउटै क्वारेन्टाइनमा बसेका थिए। वडाध्यक्ष थापाले भने, ‘परीक्षणमै त्रुटी भयो, आरडीटी नगरेर पीसीआर गरेको भए हुन्थ्यो। उपचार नपाउँदै मृत्युभयो। आरडीटी परीक्षण भरपर्दो देखिएन।’
कर्णालीमा परीक्षणमा लापरबाही भएको यो पहिलो घटना भने होइन। यसअघि दैलेखका एक युवाको पनि कोरोनाबाट मृत्यु भइसकेको छ। ति युवाको पनि मृत्यु भएपछि मात्र पीसीआर परीक्षण गरिएको थियो। दुल्लुमा रहेको क्वारेन्टाइनमा बसेका ति युवाको पनि परीक्षणमा भएको लापरबाहीबाट ज्यान गएको थियो।
अहिले पनि कर्णालीमा क्वारेन्टाइनमा बसेकाहरुलाई आरडीटी परीक्षण गरेर धमाधम घर पठाउने गरिएको छ। तर आरडीटी नेगेटिभ भए पनि कोरोना संक्रमणबाट सुर्खेतमा युवाको ज्यान गएपछि प्रदेश सरकारले अपनाइरहेको आरडीटी परीक्षणमै आशंका पैदा भएको छ।
सातजनाले जिते कोरोना
कर्णालीमा सात जनाले कोरोना जितेका छन्। संक्रमण देखिएका उनीहरूले दुई सातामै कोरोना जितेका हुन्। प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरू निको भएपछि शुक्रबार डिस्चार्ज गरिएको हो।
प्रदेश अस्पताल सुर्खेतका प्रमुख डा.डम्बर खड्काले कोरोना जितेका सातै जनालाई डिस्चार्ज गरिएको बताए। कोरोना जित्नेमा सुर्खेतको वीरेन्द्रनगरका तीन जना, सुर्खेतकै भेरीगंगा नगरपालिकाका दुई जना र दैलेखका एकजना छन्। यस्तै डिस्चार्ज भएकी एक महिलाको भने पहिचान खुलेको छैन। उनी बोल्न नसक्ने भएकाले पहिचान नखेलेको अस्पतालले जानकारी दिएको छ।
प्रदेश अस्पतालमा ६० जना संक्रमितको उपचार भइरहेको छ। भारतबाट फर्किनेहरू बढेसँगै कर्णालीमा कोरोना संक्रमण पनि बढ्न थालेको छ। कर्णालीमा सात जनाले कोरोना जितेका छन्। संक्रमण देखिएका उनीहरूले दुई सातामै कोरोना जितेका हुन्। प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरू निको भएपछि शुक्रबार डिस्चार्ज गरिएको हो।
प्रदेश अस्पताल सुर्खेतका प्रमुख डा.डम्बर खड्काले कोरोना जितेका सातै जनालाई डिस्चार्ज गरिएको बताए। कोरोना जित्नेमा सुर्खेतको वीरेन्द्रनगरका तीन जना, सुर्खेतकै भेरीगंगा नगरपालिकाका दुई जना र दैलेखका एकजना छन्। यस्तै डिस्चार्ज भएकी एक महिलाको भने पहिचान खुलेको छैन। उनी बोल्न नसक्ने भएकाले पहिचान नखेलेको अस्पतालले जानकारी दिएको छ।
प्रदेश अस्पतालमा ६० जना संक्रमितको उपचार भइरहेको छ। भारतबाट फर्किनेहरू बढेसँगै कर्णालीमा कोरोना संक्रमण पनि बढ्न थालेको छ।