स्वाब संकलन रोकियो : आरडीटी पोजिटिभ देखिएकाहरू तनाबमा

स्वाब संकलन रोकियो : आरडीटी पोजिटिभ देखिएकाहरू तनाबमा

बैतडी : बैतडीका १० ओटै स्थानीय तहका क्वारेन्टाइनमा ५ हजार बढी नागरिक बसिरहेका छन्। भारतका विभिन्न स्थानबाट फर्केका उनीहरू स्थानीय तहहरूले बनाएका क्वारेन्टाइनमा बसेका हुन्। क्वारेन्टाइनमा बसेकालाई दुई हप्तापछि आरडीटी परीक्षण गरी नेगेटिभ रिपोर्ट आएकालाई घर पठाइँदैछ भने पोजेटिभ आएकाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने गरिएको छ। 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार मातहतका स्वास्थ्य संस्थाहरूलाई ५ दिनसम्म स्वाब संकलन नगर्न निर्देशन दिएपछि आरडीटी पोजेटिभ देखिएकाहरू समस्यामा परेका छन्।आरुडीटी पोजिटिभ रिपोर्ट आएकाहरू बेलैमा पीसीआर परीक्षणको व्यवस्था नहुँदा मानसिक तनाब भएका बताउछन् ‘हाम्रो आरडीटी रिपोट पोजेटिभ आयो भनियो। अब पीसीआर परीक्षण हुन्छ भनियो। तर स्वाब कहिले संकलन हुन्छ, टुंगो छैन्।’शिवनाथ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एकले भने, ‘हामीलाई मानसिक रुपमा कोरोना त्रास भरिदैछ। न घर जना पाइन्छ न समयमा चेकजाँच हुन्छ।’ 

जिल्लाका १० क्वारेन्टाइनमा बसेका २ सय बढीको आरडीटी रिपोट पोजेटिभ आएको छ। आरडीटी पोजेटिभ आएकाको स्वाब संकलन गरी पठाउने तयारी भएपनि प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशनपछि स्वाब संकलन काम रोकिएको छ। आरडीटी पोजेटिभ आएकाहरूले कहिले परीक्षण हुन्छ भनी आफूलाई सोधिरहेको त्यसको उत्तर दिनसक्ने अवस्थामा नरहेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशी गुनासो गर्छन्।

‘क्वारेन्टाइनमा १४ दिन बसेकाको आरडीटी पोजेटिभ आएको छ। स्वाब संकलन गरेर पीसीआर रिपोर्ट आएपछि घर पठाउने भनेका छौं।’ जोशी भन्छन्, ‘कति दिनसम्म क्वारेन्टाइनमा बस्न भन्नु ? हामीँंग केही उत्तर नै छैन्।’प्रदेशमा एकमात्रै पीसीआर मेसिन भएको र धेरै स्वाब स्टक भएकाले स्वाब संकलनमा रोक लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले स्पष्ट पारेको छ। तर आरडीटी पोजेटिभ आएका नागरिकको समयमै स्वाब संकलन नहुँदा उनीहरूमा मानसिक रुपमा कमजोर हुने जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए। उनले भने ‘अहिले जताततै कोरोनाको त्रास छ। आरडीटी पोजेटिभ आएका नागरिकको शीघ्र परीक्षण नहुँदा उनीहरूलाई के हुने हो भन्ने चिन्ताले सताउन सक्छ।’

पीसीआर प्रयोगशाला स्थापना कागजमै सीमित 

सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीमा कोरोना परीक्षणका लागि भन्दै पीसीआर प्रयोगशाला स्थापना गर्ने घोषणा गर्‍यो। वैशाख पहिलो साता प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययनसमेत गरियो। तर अहिलेसम्म कुनै काम अघि बढेको छैन्। 

‘अहिले क्वारेन्टाइनमा बसेकाको परीक्षण हुन सकेको छैन्। स्वाब संकलनमा रोक लगाइएको छ।’ दशरथचन्द नगरपालिका–१ का पुष्कराराज भट्टले भने, ‘यस्तो अवस्था हामीले सरकार छ भनेर कसरी भन्नु ? सरकार भएको भए नागरिकको स्वास्थ्यमा यति विघ्न खेलबाड हुन्थ्यो र ?’

जिल्ला अस्पतालमा बैतडीमा प्रयोगशाला स्थापनाका बिषयमा सम्भाव्यता अध्ययन बाहेक केही काम अघि बढ्न नसकेको अस्पतालमा प्रमुख डा.वसन्तराज जोशीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.