सप्तरीमा दुई वर्षीया बालिकासहित सातजना संक्रमित

सप्तरीमा दुई वर्षीया बालिकासहित सातजना संक्रमित

राजविराज : सप्तरीको बलान बिहुल गाउँपालिकामा शनिबार दुई वर्षीया बालिकासहित सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई वर्षीया बालिकासहित आएका उनका बुवाआमामा पनि संक्रमण देखिएको छ ।

    
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणअनुसार बलान बिहुल गाउँपालिका–५ रामनगरका एक बालिका, एक महिला र पाँच पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
    
क्वारेन्टाइनका इन्चार्ज धर्मनाथ यादवका अनुसार संक्रमित हुनेको उमेर २, २७, ३५, ३६, ३७, ४० र ४० वर्ष छ । बलान बिहुल गाउँपालिका–६ स्थित जगदम्बा जगरैता मावि सेहरा रौतहटको क्वारेन्टाइनमा बसेका उनीहरुसहित १ सय ३३ जनाको स्वाब बुधबार पिसिआर परीक्षणका लागि संकलन गरिएको थियो ।
    
भारतीय सीमासँग जोडिएको सप्तरी जिल्लाको सबैभन्दा पश्चिम–दक्षिण रहेको बलान बिहुल गाउँपालिकामा योसमेत संक्रमितको संख्या ११ पुगेको छ । संक्रमित सात जनामध्ये एक जना भारतको दिल्लीबाट र ६ जना भारतको हरियाणाबाट जेठको दोस्रो साता आएका उनीहरुकै गाउँका अशोककुमार यादवले जानकारी दिए । संक्रमित सबैलाई राजविराज २ स्थित साईकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलस्थित आइसोलेशन सेन्टरमा ल्याउने तयारी भइरहेको छ ।    
    
सप्तरी जिल्लामा हालसम्म बोदेबसाइन नगरपालिकाको सबैभन्दा बढी २० जना, राजगढ गाउँपालिकाको १३, डाक्नेश्वरी नगरपालिकाको १२, बलान बिहुल गाउँपालिकाको ११, हनुमाननगर कंकालिनी नगरपालिकाको ६, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिकाको ५-५, जना संक्रमित भएका छन् । खडक, सुरुङ्गा र शम्भुनाथ नगरपालिका तथा विष्णुपुर र तिरहुत गाउँपालिकाका १-१ जना कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए । संक्रमित पुष्टि भएकामा ४ महिला र ६७ पुरुष छन् । 
    
सप्तरीमा संक्रमित हुनेको सङ्ख्या ७७ पुगेको छ । १ जना डिस्चार्ज भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.