सर्लाहीमा २७ संक्रमित थपिए : संक्रमितको संख्या १ सय ७५ पुग्यो
मलंगवा : सर्लाहीमा शनिबार कोरोना भाइरस (कोभिड–१९) का २७ जना संक्रमित फेला परेका छन् । रामनग गाउँपालिका, विष्णु गाउँपालिका र ईश्वरपुर नगरपालिकामा संक्रमित भेटिएका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
रामनगर गाउँपालिकामा १३ जना, विष्णु गाउँपालिकामा ११ जना र ईश्वरपुर नगरपालिकामा ३ जना संक्रमित भेटिएका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । फेला पर्नेमा एकजना महिला र बाँकी पुरुष रहेका छन् ।
रामनगरमा १८, १८, १८, १९, १९, १९ २२, २४, २९, ३४, ३४, ३५ र ३७ वर्षीय रहेका छन् । विष्णु गाउँपालिकामा १६, १९, २०, २०, २०, २३, २४, २५, २६, ३८ वर्षीय पुरुष र २० वर्षीया महिला रहेका छन् । त्यसै गरी ईश्वरपुर नगरपालिकामा २२, २८ र ३५ वर्षीय पुरुष रहेका छन् ।
२७ जना थप भएसँगै सर्लाहीमा संक्रमितको संख्या १ सय ७५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस !
४