भारतबाट आउनेको संख्या घट्दो

भारतबाट आउनेको संख्या घट्दो

परासी : पश्चिम नवलपरासीमा भारतबाट आउनेको संख्या घट्दो छ । कोभिड–१९ का कारण भारतबाट आउनेको संख्या हप्ता दिनअघिसम्म बढ्दो थियो । अहिले त्यो क्रम घट्दो रहेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । 

भारतमा लडकडाउनपछि पनि केही समय नेपाली ठूलो संख्यामा नेपाल भित्रिएका थिएनन् । तर महिना दिनअघिबाट भने एकाएक संख्यामा वृद्धि भएको थियो । हप्ता दिनअघि दैनिकजसो १ सय देखि डेढ सयसम्म जिल्ला भित्रिएका थिए । तर अहिले भने संख्या घट्दो रहेको प्रजिअ पाठकको भनाइ छ । 

भारतमा लकडाउन केही खुकुलो भएको र काम गर्न जाने अब उतै बस्ने मनसाय बनाएका कारण पनि संख्या घट्न थालेको हुन सक्ने प्रजिअ पाठकको बुझाइ छ । हप्ता दिनको अवधिमा करिब १ सय जना मात्र जिल्ला भित्रिएका छन् । दुई दिनअघि ३० जना भित्रिएकोमा शनिबार १८ जना भित्रिएका छन् । भारतबाट आएका सबैलाई स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरिएको छ । अहिलेसम्म जिल्लामा ३ हजारको हाराहारीमा भारतबाट जिल्ला भित्रिएका छन् । 

भारतबाट आएका २५ सय ४७ जना क्वारेन्टाइनमा बसेका छन् । जसमध्ये १६ सय ७८ जना क्वारेन्टाइनको बसाइपछि घर गएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । शनिबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ८ सय ६९  छ । जिल्लामा कोरोना संक्रमितको संख्या १९ पुगेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.