उद्योगको क्षमता उपयोग घट्यो

उद्योगको क्षमता उपयोग घट्यो

काठमाडौ : सरकारले पछिल्लो समयमा औद्योगिक क्षेत्रमा लकडाउन खुकुलो बनाउने नीति लिए पनि उद्योग क्षमता उपयोग घटेको छ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार जेठको दुई हप्तामा वैशाखको पछिल्लो दुई हप्ताको तुलनामा ३ प्रतिशत उद्योग क्षमता उपयोग घटेको हो।

जेठ २० मा १० वटा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका ५ सय ९७ मध्ये अति आवश्यक वस्तु उत्पादन गर्ने ३ सय ३८ उद्योग मात्रै सञ्चालनमा छन्।ती उद्योग पनि लकडाउनका कारण पूर्णक्षमतामा हुन सकेका छैनन्।वैशाख ३१ गतेदेखि जेठ २० गतेसम्म औसत ४६ प्रतिशत क्षमता उपयोग भएको भएका हुन्।

मन्त्रालयका अनुसार लकडाउन सुरु भएदेखि वैशाख १३ सम्म १ सय ५० सञ्चालन भएका थिए।वैशाख १३ देखि ३० गतेसम्म ३ सय ४९ उद्योग सञ्चालन भएका थिए।मन्त्रालयका अनुसार वैशाखको सुरुको दुई हप्तामा औद्योगिक क्षेत्रमा रहेका ४९ प्रतिशत र वैशाखको अन्तिमको दुई हप्तामा ५१ प्रतिशत उद्योग सञ्चालनमा आएका थिए।पछिल्लो समयमा औद्योगिक क्षेत्रमा लकडाउन खुकुलो बनाउने घोषणा गरे पनि मजदुर काममा नजाँदा औद्योगिक क्षेत्र सञ्चालनमा आउन नसकेका हुन्।

मन्त्रालयका अनुसार ११ हजार ७ सय ३६ जना मजदुर रहेकामा ४ हजार ९ सय मजदुर मात्रै काममा गएका छन्।६ हजार ८ सय ३६ जना मजदुर अनुपस्थित हुँदा उद्योग क्षमता घटेको हो।

वैशाख १३ देखि ३० सम्म ८ हजार २ सय २० मजदुर रहेकामा ३ हजार ४ सय १६ जना मजदुर कार्यरत थिए।सरकारले चामल, दाल, तेल, औषधि, डेरी, खानेपानी, ग्यास, चिया, चिनी, दानालगायत अत्यावश्यक वस्तु उत्पादन गर्न सरकारले लकडाउन खुकुलो बनाएको थियो।तर सोही अवधिमा सबै औद्योगिक क्षेत्रमा उद्योगको क्षमता उपयोग न्यून भएको छ।

मन्त्रालयका अनुसार बालाजुका १ सय ३० मध्ये ७५, हेटौंडामा १ सय ११ मध्ये ७४, पाटनमा १ सय १२ मध्ये २३ उद्योग सञ्चालनमा छन्।यस्तै पोखरामा ७६ मध्ये ५५, बुटवलमा ६५ मध्ये ३४, नेपालगन्जमा ३४ मध्ये २२, धरानमा २९ मध्ये २३, भक्तपुरमा ३६ मध्ये २३, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा ४ मध्ये २ र वीरेन्द्रनगरमा ७ उद्योग सञ्चालनमा रहेको मन्त्रालयको अध्ययनले देखाएको छ।

मन्त्रालयका अनुसार वैशाख ३० सम्म बालाजुमा ४८ प्रतिशत उद्योग सञ्चालन भएकोमा जेठ २० गतेसम्म तीन प्रतिशतले घटेर ४५ प्रतिशतमा झरेको छ।सोही अवधिमा हेटौंडामा ४६ बाट ४२, पाटनमा ४० बाट ३५, पोखरामा ३२ बाट २३, बुटवलमा ५६ बाट ३३ प्रतिशत उद्योग सञ्चालन क्षमता घटेको छ।

त्यस्तै नेपालगन्जमा ५१ बाट ४४ गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा ८० बाट ७५ प्रतिशत उद्योग सञ्चालन क्षमता पुगेको छ।धरानमा अघिल्लो दुई हप्ताको तुलनामा क्षमता उपयोगमा सुधार आएको छैन भने भक्तपुरमा सञ्चालन क्षमता ५ प्रतिशतले बढी ३५ बाट ४० प्रतिशत पुगेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.