'कोरोना भाइरस दुष्ट आत्मा हो' भन्दै पीपीई लगाएर ‘होली वाटर’ छर्कँदै पादरीहरू
मनिला । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस कोभिड–१९ मन्साउन भन्दै फिलिपिन्सको राजधानी मनिलामा केही पादरीहरु हिडिँरहेका छन् । एक हातमा होलीवाइनका र कोलिफर्मको स्प्रे र यिसुको क्रस बोकेर केही पादरीहरू पीपीई लगाएर मृतकको घर र शवदाहगृहमा पुग्ने गरेका छन् ।
उनीहरू कोरोनाभाइरसबाट मृत्यु भएका मानिसको अन्तिम संस्कारमा सहभागी हुन जान्छन् र होली वाटर छर्केर कोरोना भाइरस मन्छाएको दावी गर्छन् । मृतकको खरानी लिएर मृतकको सम्झाना गरिरहेका हुन्छन्। दिनहुँजसो ती पादरीहरु यसैगरी स्प्रे बोकेर हिडिँरहेका हुन्छन् । उनीहरु कोरोना भाइरस फैलाउनु दुष्ट आत्माको काम भएको भन्छन्। यसलाई मन्छानु पर्ने उनीहरुको बुझाइ छ।