संक्रमण आशंका गरिएकी सुत्केरीको कोरोना रिपोर्ट 'नेगेटिभ'

संक्रमण आशंका गरिएकी सुत्केरीको कोरोना रिपोर्ट 'नेगेटिभ'

बैतडी : जिल्ला अस्पताल बैतडीमा सुत्केरी भएकी एक महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यही जेठ २० गते जिल्ला अस्पतालमा सुत्केरी भएकी महिलामा एक्कासी ज्वरो बढेपछि कोरोना आशंकामा थ्रोट स्वाब संकलन गरेर धनगढी प्रयोगशाला पठाइएको थियो ।

दोगडाकेदार ६ सित्तड घर भएकी १९ वर्षीय सुत्केरीलाई १०४.५ डिग्री फरेनहाइट ज्वरो आएपछि थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । यही जेठ २२ गते कोरोना परीक्षणका लागि स्वाब पठाएकोमा शनिबार कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए । 

सुत्केरी  महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएसंगै सेल्फ क्वारेन्टाइनमा बसेका स्वास्थ्यकर्मी पनि काम फर्केका छन् । सुत्केरी महिलामा कोरोनाको शंकास्पद लक्षण देखिएपछि उपचारमा संलग्न १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा बसेका थिए । 

सुत्केरीको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै सेल्फ क्वारेन्टाइनमा बसेका स्वास्थ्यकर्मी काममा फर्केको डा. जोशीले बताए । उनले भने, 'सुत्केरी महिलामा कोरोनाका शंकास्पद लक्षण देखिएपछि हामी सेल्फ क्वारेन्टाइनमा बसेका थियौं । सुत्केरी महिलाको आरडीटी रिपोर्ट पनि पोजिटिभ थियो । पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै हामी काममा फर्केका छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.