दाङमा १० जना डिस्चार्ज, कोरोना जित्नेको संख्या ३७५ पुग्यो

दाङमा  १० जना डिस्चार्ज, कोरोना जित्नेको संख्या ३७५ पुग्यो

दाङ : दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित कोरोना जितेर घर फर्केका छन्। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुई/दुई तथा बर्दियाका एकजना गरी १० जना संक्रमित घर फर्किएका हुन्। 

तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई भने लक्षण नै  नदेखिएपछि घर फर्काइएको अस्पतालले जनाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि सङक्रमितलाई १४ दिनपछि घर पठाइने उल्लेख छ । 

उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५  सङ्क्रमितको उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.