क्वारेन्टाइन व्यवस्थापनका लागि सहयोग

क्वारेन्टाइन व्यवस्थापनका लागि सहयोग

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापनका लागि सामाग्री हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि स्थानीय तहले बनाएका क्वारेन्टाइनको व्यवस्थापनका लागि सेभ द चिल्ड्रेन र भिडिसेफ नेपालको साझेदारीका युवा शसक्तीकरण बुलगारी परियोजनामार्फत सामाग्रीहरू हस्तान्तरण गरिएको हो । 
      

जिल्लाका दुई वटा स्थानीयत तहलाई लाइफबाइ साबुन १ हजार २ सय पिस, लिक्यूट १ सय २५ पिस र धारासहितका बाल्टिन ७६ पिस गरी एक लाख एक हजार बराबरको सामाग्री भिडिसेफ नेपालका कार्यबाहक अध्यक्ष नेत्र देवकोटाले पालिकाका प्रतिनिधिहरुलाई हस्तान्त्रण गरेका छन् । उनले विपद्को समयमा क्वारेन्टाइनमा राखेका मानिसहरुको व्यक्तिगत सरसफाइका लागि ती सामाग्रीहरु सहयोग गरिएको बताए । 
    
जिल्लाका ९ वटै स्थानीय तहमा ३ हजार २ सय २२ जना भारतबाट आएका मानिसहरु क्वारेन्टाइनमा रहेका छन् । नरहरीनाथ गाँउपालिकामा २ सय ६५ जना र तिलागुफा नगरपालिकामा ४ सय ६१ जना मानिसहरु क्वारेन्टाइनमा रहेका छन् । सामुदायिक विद्यालय र कतिपय खुला ठाँउमा पालमुनि रहेका मानिसको व्यवस्थापन गर्न सकस छ । भिडिसेफ नेपालका व्यवस्थापक राजेन्द्र सहकारीले भने, 'क्वारेन्टाइनमा रहेका मानिसहरुको स्वास्थ्यमा थप समस्या नहोस् भनेर सरसफाइका लागि ती सामागग्रीहरु सहयोग गरिएको हो । यसअघि हामीले ती स्थानीय तहलाई सिरक, डस्नासहितका सामाग्रीहरु पनि सहयोग गरेका थियौँ ।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.