कालिकोटमा थपिए ३ जना कोरोना संक्रमित

कालिकोटमा थपिए ३ जना कोरोना संक्रमित

कालिकोट : जिल्लामा थप तीन जनामा कोरोनाको पुष्टि भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ९ का ३० वर्षीय पुरुष, वडा नं. १० का २४ वर्षीय पुरुष र महाँवै गाँउपालिका वडा नं ५६ वर्षीया पुरुषमा कोरोनाको पुष्टि भएको हो । 
    

जिल्लाबाट स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर जाँच गरिएका थप तीन जनामा कोरोना पुष्टि भएको हो । यसअघि जिल्लाको महाबै र शुभकालिका गाँउपालिकाका २५ जना र एक जना बाजुराका गरी २६ जना कोरोना पुष्टि भएको थियो । उनीहरुलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेशनमा राखिएको छ ।  
    
स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा ३ हजार २ सय २२ मानिसहरु क्वारेन्टाइनमा राखिएका छन् । हालसम्म १ हजार ६ सय ७ जनाको मात्र स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरिएका झण्डै एक सय जनाको रिपोर्ट आउनै बाँकी छ । 

परीक्षण गरिएका मध्ये जिल्लाका चार वटा स्थानीय तहमा कोरोना पुष्टि भएपछि गाँउ-गाँउमा कोरोनाको त्रास बढेको छ । ग्रामीण स्तरका अव्यवस्थित क्वारेन्टाइनमा राखिएका मानिसमा पनि कोरोना पुष्टि भएपछि धेरै मानिसमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.