यातायात कोशीका तत्कालिन चार प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा
काठमाडौं : यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालीन चार कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको हो।
तत्कालिन कार्यालय प्रमुख नयराज नेपाल, तिर्थराज लम्साल, गोपाल थपलिया, भुपेन्द्र राईसमेत उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। नेपालविरुद्ध १ करोड ८ लाख २९ हजार, लम्सालविरुद्ध ३ करोड ३० लाख हजार , थपलिया १ करोड ३० लाख ७२ हजार, राईविरुद्ध ५६ लाख १२ हजार विगो कायम गरिएको छ।
तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारी, तत्कालीन लेखापाल सुरेश अधिकारी, तत्कालीन लेखापाल रुद्र प्रसाद दाहाल,तत्कालीन लेखापाल अर्जुन भट्टराई,तत्कालीन लेखापाल कृष्ण प्रसाद कट्टेल, कम्प्युटर अपरेटर (करार) सुजन राईलाई प्रतिवादी बनाइएको छ। फोकस वान नेपाल प्रा.लिका कम्प्युटर अपरेटरहरु राकेश रोशन मस्र्याङ्ग्री मगर, रमेश पौडेल, भूमिराज अधिकारी, हरिमदन ढुङ्गेल, दिपेन्द्र कुमार मण्डल, मैया कुमारी चापागाई, रविन कुमार विश्वासलाई अख्तियारले प्रतिवादी बनाएको छ।
२०७३÷०७४ को २०७३ चैत्रदेखि २०७४ आषाढ मसान्तसम्मको अनुसन्धान हुँदा उपलब्ध भएका तथ्यगत विवरण, प्रमाण कागज समेतको विवेचनासमेतका आधारमा सेवाग्राहीहबाट संकलित राजस्व प्रचलित कानून बमोजिम सम्न्धिबत राजस्व खातामा दाखिला नगराई राजस्व रकम हिनामिना गरी आफूसमेतलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानीनोक्सानी पुर्याएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिम कैद सजाय र जरिवाना एवं बिगो असुल गर्न मागसहित विशेष अदालत आरोप९पत्र दायर गरिएको छ।