प्रदेश २ नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण र कृषि उद्यममा प्राथमिकता

प्रदेश २ नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण र कृषि उद्यममा प्राथमिकता

जनकपुरधाम : प्रदेश २ मा सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको छ । सरकारको तर्फबाट प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।

४८ पृष्ठ लामो आगामी वर्षको नीति तथा कार्यक्रम कोरोना भाइरस नियन्त्रण, व्यवस्थापन र स्वास्थ्य क्षेत्रको पुर्वाधार विकासमा विशेष केन्द्रित छ । यस्तै, कृषि क्षेत्रको उत्थान र रोजगारीलाई प्राथमिकतामा राखिएको छ । कोभिड—१९ महामारीबाट जनस्वास्थ्यसँग सम्बन्धित जोखिम कम गर्न स्वास्थ्य क्षेत्रमा दोब्बर लगानी, स्वास्थ्य सामग्री, अस्पतालहरुको संरचना तथा उपकरणहरुको खरिद निर्माण र सर्वसुलभ उपलब्धतामा जोड दिने उल्लेख छ ।

यस्तै कृषि, देश तथा विदेशबाट आएकाहरुलाई स्वरोजगार, साक्षर प्रदेश सहित शिक्षाका आधुनिकतामा जोड दिइएको छ । प्रदेशको राजधानी जनकपुरधामका विकास र सौन्दर्यीकरण, प्रत्येक निर्वाचन क्षेत्रका एक पोखरी सौन्दर्यीकरण गरी पर्यटन प्रवद्र्धन सहित कार्यक्रमहरु नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।

त्यस्तै मुख्यमन्त्री कृषि उत्थान कार्यक्रम, युवा स्वरोजगार तथा उद्यम विकास कार्यक्रम, बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम, मुख्यमन्त्री दलित गरिब आवास योजनालाई निरन्तरता दिइने उल्लेख छ ।

प्रदेश आयोजना बैंक, प्रदेश विकास बैंक, प्रदेश लगानी प्रवद्र्धन बोर्ड, पूर्ण सुरक्षित मातृत्व प्रदेश, प्रादेशिक क्यान्सर अस्पताल, प्रादेशिक खेलकुद विकास प्राधिकरण गठन, प्रदेश लोकपाल आयोग, चुरे जोगाउ मधेस बचाऊ, प्रदेश प्रमुख रोजगार कार्यक्रम र उच्चस्तरीय जातीय छुवाछुत अनुगमन समिति गठन सहितका नयाँ विषयहरु पनि नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.