कोरोनाले भारतमा मरेकाको नेपाल आएर पुष्टि
दाङ : कोरोना भाइरसका कारण दाङका एक व्यक्तिको भारतमा मृत्यु भएको छ। उपचारका लागि भारत गएका घोराही उपमहानगरपालिका–१८ का ५१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।
२४ जेठमा उनको शव नेपाल ल्याएपछि मात्र कोरोना पुष्टि भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। मृत्यु भएका पुरुषको स्वाब संकलन गरी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको प्रजिअ रिजालले बताए।
उनीसँगै आएका सबैलाई क्वारेन्टाइनमा राखिएको रिजालको भनाइ छ ।