नवलपरासीको सीमा नाकामा हवाई फायर

नवलपरासीको सीमा नाकामा हवाई फायर

परासी : भारतबाट मल ल्याएको विषयमा विवाद हुँदा पश्चिम नवलपरासीको सीमावर्ती नाका बसैयामा सशस्त्र प्रहरीले गोली चलाएको छ । प्रतापपुर गाउँपालिका अन्तर्गत पर्ने उक्त नाकाबाट दुई  महिलाले टाउकोमा राखेर मल ल्याउँदै गरेका थिए । 

लकडाउनको समयमा भारतबाट सामान ल्याउन नपाइने भन्दै सीमामा खटिएका सशस्त्र प्रहरीले रोकेपछि विवाद भएको थियो । सो क्रममा सशस्त्र प्रहरीले महिलामाथि कुटपिट गरेपछि सोधपुछका लागि गएका गाउँलेलाई समेत कुटपिट गरेको स्थानीयले बताएका छन् । दोहोरो झडपमा केही स्थानीय घाइते भएका छन् । 

उक्त सीमा नाकामा सशस्त्रको अस्थायी पोष्ट छ । मल ल्याउने विषयमा विवाद हुँदा जम्मा भएका स्थानीयले एक्कासी सुरक्षामा खटिएको टोली र पोष्टमाथि आक्रमण गरेपछि  सुरक्षाका लागि चार राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नं गण हेड क्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाले बताए । 

अहिले त्यस क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिल्लामा सहजरूपमा मल नपाएको भन्दै किसानहरूले भारतबाट मल ल्याउने गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.