क्वारेन्टाइन बसाईं लम्बिँदा समस्या

क्वारेन्टाइन बसाईं लम्बिँदा समस्या

बैतडी : बैतडीका झण्डै तीन सय जनाको क्वारेन्टाइनमा बसाई लम्बिएको छ। सुदूरपश्चिममा स्वाब संकलन कार्य रोकिएपछि आरडिटी पोजिटिभ देखिएका नागरिक क्वारेन्टाइनमा बस्न बाध्य भएका हुन्।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका झण्डै तीनसय नागरिकको आरडिटी रिपोट पोजिटिभ आएपछि उनीहरुलाई १४ दिनपछि पनि क्वारेन्टाइनमा राखिएको छ। 'आरडिटी रिपोर्ट पोजिटिभ आयो भनेर क्वारेन्टाइनमा राखिएको छ। स्वाब संकलन पनि गरिएको छैन्। हामीसँगका अरु घर गइसके।'दोगडाकेदार-७ का दामोदर भट्टले भने, 'हाम्रो छिटो कोरोना परीक्षण गरियोस। हामीलाई मानसिक रुपमा दबाब बढेको छ।'

जिल्लाको शिवनाथ गाउँपालिकाका एक सय बढी नागरिक क्वारेन्टाइनको अवधि पछि पनि क्वारेन्टाइनमै बस्न बाध्य भएका छन्। आरडिटी पोजिटिभ देखिएकाहरु उनीहरुले पनि छिटो स्वाब संकलन गरेर परीक्षण गर्न माग गरेका छन्। 'आरडिटी पोजिटिभ आएपछि हामीहरुलाई आशंका बढेको छ। तर हामीलाई चेकजाँचका लागि स्वाब संकलन गरिएको छैन्।' शिवनाथको क्वारेन्टाइनमा बसेका एक जनाले भने, 'आरडीटी पोजिटिभ आएपछि स्वाब संकलन रोक्दा हामीमाथि अन्याय भएको छ। हाम्रो यथाशीघ्र कोरोना परीक्षण गरियोस।'

क्वारेन्टाइनमा बसेका नागरिकमध्ये आरडीटी पोजिटिभ देखिएकाहरुको स्वाब संकलन नहुँदा क्वारेन्टाइन व्यवस्थापनमा समेत समस्या देखिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए। उनले भने 'आरडीटी पोजिटिभ देखिएका नागरिकहरुको हामीले स्वाब संकलन गर्ने भनेका छौं। तर प्रदेश स्वास्थ्य निर्देशनालयले स्वाब संकलन स्थगित गरेपछि हामीलाई क्वारेन्टाइन व्यवयस्थापनमा समस्या भएको छ।'

आरडिटी पोजिटिभ देखिएका नागरिकको स्वाब संकलन गर्ने नीति भएको भए पनि प्रदेश स्वास्थ्य निर्देशनालयले ५ दिनका लागि स्वाब संकलन रोकेकाले क्वारेन्टाइनमा आरडिटी पोजिटिभ देखिएकाहरुको स्वाब संकलन हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले भने 'प्रदेश स्वास्थ्य निर्देशनालयले स्वाब संकलनका लागि अनुमति दिने बित्तिकै हामी स्वाब संकलन गर्नेछौं।' क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वाब संकलन रोकिएपछि उनीहरु आक्रोशित समेत भएका छन्। आरडिटी पोजिटिभ देखिएकाहरु मानसिक रुपमा समेत समस्याग्रस्त हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.