सर्लाहीमा १२० संक्रमित थपिए
मलंगवा : सर्लाहीमा सोमबार कोरोना भाइरस (कोभिड–१९) का १ सय २० नयाँ संक्रमित थपिएका छन्। ब्रहम्पुरी गाउँपालिकामा ४३ जना, विष्णु गाउँपालिकामा ३४ जना, इश्वरपुर नगरपालिकामा १८ जना, चक्रघट्टा गाउँपालिकामा १५ जना, बलरा नगरपालिकामा ९ जना र रामनगर गाउँपालिकामा १ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
सर्लाहीमा संक्रमितको संख्या ३ सय ६९ पुगेको छ। आइतबारमा मात्रै ७४ जना थपिएका थियो। थप भएकामा ९ वर्षदेखि ५० वर्ष उमेर समुहका रहेका छन्। जसमा ३ जना महिला रहेका छन्। सबैजना भारतको विभिन्न शहरबाट आएर क्वारेन्टाइनमा बस्दै आएका छन्। यो भन्दा अगाडी बलरा नगरपालिकामा १४, हरिवन नगरपालिकामा १, गोडैता नगरपालिकामा ८०, कविलासी नगरपालिकामा ३५, रामनगर गाउँपालिकामा १५, बागमती नगरपालिकामा १, पर्सा गाउँपालिकामा १४, ब्रहम्पुरी गाउँपालिमा १६, विष्णु गाउँपालिकामा २१, धनकौल गाउँपालिकामा १७, इश्वरपुर नगरपालिकामा ३, हरिपूर्वा नगरपालिकामा १, हरिपुर नगरपालिकामा १० बसबरिया गाउँपालिकामा १, कौडेना गाउँपालिकामा ३, मलंगवा नगरपालिकामा ९, बरहथवा नगरपालिकामा ७ र ठेगाना पहिचान नभएका १ जना संक्रमित फेला परेका छन्। जसमा २ सय ३८ पुरुष र ११ जना महिला रहेका छन्।