दार्चुलाका १० जनामा कोरोना पुष्टि
दार्चुला : दार्चुलामा आज सोमबार १० जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक एक पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु धेरैजसो भारतको ग्वा, दिल्लिबाट घर फर्किएका हुन् ।