क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

बैतडी : बैतडीको पाटनमा क्वारेन्टाइनमा मृत्यु भएका ३० वर्षीय युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गत शनिबार बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका पाटन–६ सन्तोलीका ३० वर्षीय हरिश लुहारको ज्यान गएको थियो ।

शनिबार बिहानमात्रै भारतको बैंगलोरबाट फर्केका उनी साँझ एक्कासी बेहोस भएका थिए । बेहोस भएका लुहारलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारका लागि पुर्‍याउँदा स्वास्थ्य केन्द्रमै ज्यान गएको थियो । 

कोरोना आशंकामा स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी पठाइएको थियो । लुहारको पीसीआर रिपोट नेगेटिभ आएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । लुहारसँगै भारतको बैंगलोरबाट फर्केका अन्य १३ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।  बैतडीमा क्वारेन्टाइनमा बसेका तीनजनाको मृत्यु भइसकेको छ । तिनै जनाको कोरोना रिपोट भने नेगेटिभ आएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.