कालिकोटका ११२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
कालिकोट : जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकामा भारतबाट आएका १ सय १२ जना नागरिकहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। सान्नीत्रिवेणी गाउँपालिकाको क्वारेन्टाईनमा राखिएका आरडिटी परिक्षणमा पोजिटिभ देखिएका भारतबाट आएका १ सय १२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो।
स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार आरडिटी परिक्षणमा पोजिटिभ देखिएका सान्नीत्रिवेणी गाउँपालिका डाँफे मावि मुम्रामा राखिएका ९३ जना र पंचदेवल माबि मेहेलमुडीमा क्वारेन्टाइनमा राखिएका १९ जना गरी १ सय १२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारुी दिए। उनका अनुसार कर्णाली स्वास्थ्य बिज्ञान प्रष्तिठान जुम्लामा गरिएको पीसीआर जाँचमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो। उनका अनुसार जिल्लाका ९ वटै स्थानिय तहमा सोमबारसम्म ३ हजार २१ जना क्वारेन्टाइनमा राखिएका छन्। करीव १४ दिनसम्म क्वारेन्टाईनमा राखिएर आरडिटी परिक्षणमा नेगेटिभ आएपछि जिल्ला भरी १ हजार ८ सय ५ जनालाई घर पठाइएको छ।
स्वास्थ्य सेवा कार्यालयका अनुसार हालसम्म जिल्ला भरीमा १ हजार १ सय ७६ जनाको आरडिटी परिक्षण गरिएको छ। जसमा १ सय २१ जनाको पोजिटिभ देखाएको थियो। रास्कोट नगरपालिका १० जना, तिलागुफा नगरपालिकाका २० जना, शुभकालिका गाउँपालिका १ जना गरी थप ३१ जनाको स्वाब नमुना संकलन गरी पीसीआर जाँचका लागि जुम्ला पठाईएको छ। जिल्लामा हालसम्म जम्मा १ हजार ६ सय ३८ जनाको स्वाब नमुना संकलन गरिउको छ। जिल्लामा हालसम्म २९ जना कोरोना पुष्टि भईसकेको छ। उनीहरुलाई जिल्ला सदरमुकाम मान्म स्थित एकिकृत भवनमा तयार पारिएको आईसोलेशनमा भर्ना गरिएको छ। ती सबै संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
जिल्ला प्रहरी प्रमूख डिएसपी श्यामबाबु ओलीयाले भारतबाट जिल्ला फर्किने नागरिकहरु नरोकिएकाले कोरोनाको जोखिम बढिरहेको बताए। उनका अनुसार जिल्लामा हालसम्म भारतबाट सोमबारसम्म ३ हजार ८ सय ४३ जना आईसकेका छन्। दैनिक एक सय हारहारीमा मानिरहरु आईरहेका छन्। उनले भने, पहिलो चरणमा जिल्ला आएका मानिसहरु घर पठाएपछि पछि आउने मानिसहरुलाई सबै पालिकासँग समन्वय गरी अनिबार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाईएको छ। एउटा गाडीमा भारतबाट आएको मानिसहरुलाई एउटै पालिकाको क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाईएकाले गाँउमा संक्रमण हुने जोखिम कम भएको छ।