अनलाइनबाटै कोरोना संक्रमितको भर्ना

अनलाइनबाटै कोरोना संक्रमितको भर्ना

विराटनगर : कोरोना संक्रमितको संख्या थपिँदै जाँदा प्रदेश १ सरकारले संक्रमितको उपचार गर्ने अस्पताल थप्दै अनलाइनबाटै संक्रमितको भर्ना गर्न सुरु गरेको छ ।  मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना पहिलोपटक अनलाइन प्रणालीबाट सुरु गरिएको हो । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा स्थापना गरिएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाइन प्रणालीबाट सुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

संक्रमितहरु अस्पतालमा आएर भर्ना हुन समय लाग्ने गरेको भन्दै उनले संक्रमित भर्ना हुनुअघि अनलाइनबाट वेड बुक गर्नसक्ने प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताए । ‘संक्रमितले वेड वुक गरेपछि वेड नं. र वेडको लोकेसनका आधारमा भर्ना हुनेछन्,’ घिमिरेले भने ।

संक्रमण देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र संक्रमित सोझै वेडमा पुग्ने व्यवस्थापन मिलाइएको मन्त्री घिमिरेको भनाइ छ। अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

सुन्दहरैचामा संक्रमितको उपचार शुरु भएपछि सामाजिक विकास मन्त्री घिमिरे, मन्त्रालयका अस्पताल महाशाखा प्रमुख सागर प्रसाई लगायतले अनुगमन समेत गरेका छन् । मन्त्री घिमिरेले थप व्यवस्थित बनाउन पूर्वाञ्चल विश्वविद्यालय मेडिकल संकायका डिन डा.शैलेश पोखरेल, नर्सिङ क्याम्पस प्रमुख कविता अधिकारी, नेपाली सेनाका मेजर, अस्पताल प्रशासन प्रमुखसँग छलफल गरेको र समय अनुकुल आधुनिक बनाउँदै जाने जानकारी दिए । 

शुक्रबारदेखि सञ्चालनमा आएको सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा हालसम्म ५२ जना उपचाररत छन् । उपचार केन्द्रमा अहिले ७४ वेड तयार गरिएको छ । सामाजिक विकास मन्त्री घिमिरेले थप ५१ वेडको तयारी गर्न निर्देशन दिएका छन् ।  ५१ वेड थपिएपछि सुन्दरहरैचामा १ सय २५ वेड तयार हुने छ। 

संक्रमितको उपचारमा पूर्वाञ्चल विश्वविद्यालयका स्वास्थ्यकर्मी खटिएका छन् । सामाजिक विकास मन्त्रालयले समग्र व्यवस्थापकीय र चिकित्सकीय कामका लागि मेडिकल अफिसर डा. रोहित भण्डारी र अधिकृत धरणी निरौलालाई खटाउने भएको छ । मन्त्रालयले अस्पतालमा २४ सै घण्टाका लागि एउटा एम्बुलेन्सको पनि प्रवन्ध गर्ने भएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.