निशुल्क भन्दै शल्यक्रियाको नाममा लाखौं रकम असुल्दै चरिकोट अस्पताल

निशुल्क भन्दै शल्यक्रियाको नाममा लाखौं रकम असुल्दै चरिकोट अस्पताल

चरिकोट : दातासँगबाट अनुदान ल्याएर निशुल्क स्वास्थ्य सेवा दिने सम्झौता गरेको न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले सरकारी अस्पतालमा बिरामीसँग रकम असुल गरी ठगी गरेको खुल्न आएको छ ।

अमेरिकी दातासँग अनुदान ल्याएर जिल्लाभरका नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिने भन्दै स्वास्थ्य मन्त्रालयसँग २०७२ माघ ५ गते सम्झौता गरी व्यवस्थापन जिम्मा लिएको एनजिओले चरिकोट अस्पतालमा आएका बिरामीसँग १० हजारदेखि एकलाख ५२ हजारसम्म ठगी गरेको खुल्न आएको हो ।

विभिन्न शल्यक्रिया गर्नुपर्ने बिरामी र दुर्घटनामा अंगभंग भएकालगायतका बिरामीलाई शल्यक्रिया गर्नुअघि एनजिओका स्वास्थ्यकर्मीले रकमको माग गर्ने गरेको बिरामीका कुरुवा बताउँछन् ।  सामग्रीको कृतिम अभाव देखाइ सो सामग्री खरिद गर्नुपर्ने भन्दै कतिपय विलसहित, कतिपय विलरहित रकम ठगी गर्ने गरेको बिरामीका आफन्तले आरोप लगाएका छन् ।

जेठ १३ गते राडिकल फ्रयाक्चरका बिरामीलाई शल्यक्रिया गर्नुपर्ने सामग्री खरिद गर्ने बाहनामा १० हजार ठगी गरेको खुल्न आएको छ । हात भाँचिएर चरिकोट अस्पतालमा उपचार गराउन पुगेका फुर्वा तामाङको भतिजा सोम मोक्तानले १० हजार तिर्नु परेको बताए । निशुल्क भनेर थुप्रै ठाउँ भाषण सुनियो, तर अप्रेसनको बाहनामा पैसा असुल्दा रहेछन,' मोक्तानले भने ।

गाडी दुर्घटनाका एक बिरामीको गोडाको अपरेसन गर्न एनजीओका स्वास्थ्यकर्मीले एकलाख ५२ हजार लिएको उनको आफन्तले बताए । काठमाडौंलगायतको स्थानमा शल्यक्रिया गर्दा ६÷७ लाख लाग्ने तर यहिँ अपरेसन गरे डेढ लाख मात्र लाग्ने बताएपछि शल्यक्रियाको सामग्रीको एकलाख ५२ हजार तिरेको उतले बताए ।

'हतारहतार पैसा मागे आफन्तसँग ऋण गरेर तिरेँ, बिल माग्दा पछि लिनु भने, उनले भने,' पछि बिल माग्दा बिरामी नै निको हुने बेला भइसक्यो किन चाहियो बिल भनि नदिएको उनको भनाइ छ।' 'निशुल्क अप्रेसन हुनेरहेछ, बिल छैन, अब कसलाई गुहार लाउनु,' उनले भने ।

चरिकोट अस्पतालका सरकारीतर्फका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले अस्पतालमा सबैप्रकारको सेवा निशुल्क नै रहेको जनाउँदै व्यवस्थापनको जिम्मा न्याय हेल्थले लिएकोले त्यसबारे आफूलाई केही जानकारी नभएको बताए ।

न्याय हेल्थ नेपाल दोलखाका मेडिकल डाइरेक्टर विनोद दंगालले अस्पतालमा टार्गेटेड बिरामीको लागि सामग्री हुने र बिरामीको संख्या धेरै भएकाले शल्यक्रिया सामग्री सकिएकाले खरिदका लागि रकम लिनु परेको बताए ।  

स्वास्थ्य मन्त्रालयका तत्कालीन नीति योजना तथा अन्तराष्ट्रिय सहयोग महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ र न्याय हेल्थ नेपालका गभरनेन्स एण्ड पार्टनरसिप डाइरेक्टर एसपी कलौनी बीच ५ वर्षअघि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन जिम्मेवारी सम्बन्धि भएको सम्झौता पत्रको सेवा सम्बन्धि व्यवस्थामा निशुल्क सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । तर न्याय हेल्थ नेपाल नामक एनजीओले विभिन्न बहाना बनाई बिरामीसँग ठगी गर्ने गरेको पुष्टि भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.