कोरोनाले मृत्यु भएका भरतपुरका पुरुषको शव बागेश्वरी वनमा गाडियो

कोरोनाले मृत्यु भएका भरतपुरका पुरुषको शव बागेश्वरी वनमा गाडियो

भरतपुर : कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि मृत्यु भएका भरतपुरका पुरुषको  बागेश्वरी सामुदायिक वनमा अन्त्यष्टि गरिएको छ। बागेश्वरी सामुदायिक वन भित्र उनको धार्मिक परम्पराअनुसार अन्त्यष्टि गरिएको हो। उनको शवलाई जमिनमा गाडिएको हो।

नेपाली सेनाको कालिबहादुर गणमा कार्यरत सैनिकको टोलीले भरतपुर अस्पतालको आइसीयूमा रहेको शवलाई उक्त स्थानमा लगेर गाडेका हुन्।  सोमबार नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिलाई साँझ भरतपुर अस्पताल पुर्याइएको थियो। उनको मंगलबार बिहान मृत्यु भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.