डाँका मुद्दाका आरोपी छ वर्षपछि पक्राउ

डाँका मुद्दाका आरोपी छ वर्षपछि पक्राउ

राजविराज : लकडाउनका बेला घर आएको मौका छोपी प्रहरीले ६ वर्षदेखि फरार रहेका डाँका मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सप्तरीको सुरूङगा नगरपालिका ८ का ३२ वर्षीय अनिलकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए । 

गोसाई चौधरीको जाहेरीमा सप्तरी जिल्ला अदालतले २०७१ असार १७ गते रामलाई डाँका मुद्दामा तीन वर्ष कैद सजायको फैसला गरेको थियो ।  इलाका प्रहरी कार्यालय कडोरबोना सप्तरीबाट खटिएको प्रहरी निरीक्षक रामराजा केशरीसहितको प्रहरी टोलीले रामलाई घरबाटै पक्राउ गरेको हो । 

लकडाउनका बेला काठमाडौंबाट घर आएको सूचना पाएपछि एक सातादेखि उनको घर वरिपरी सादा पोशाकमा प्रहरी परिचालित गरेको थियो । घरबाट निक्लिए लगत्तै डाँका मुद्दाका फरार अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरिएको प्रहरी निरीक्षक केशरीले बताए ।

सप्तरी जिल्ला अदालतको आदेशमा रामलाई राजविराजस्थित कारागारमा कैदका लागि पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.