सर्पले टोकेका व्यक्तिमा कोरोना देखिएपछि...

सर्पले टोकेका व्यक्तिमा कोरोना देखिएपछि...

सुर्खेत : सर्पले टोक्दा अस्पताल भर्ना गरिएका एकजना पुरुषलाई कोरोना देखिएपछि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा तनाव सृजना भएको छ । जिल्लाको बराहताल गाउँपालिका-४ को भेरी माध्यमिक विद्यालयको क्वारन्टाइनमा बसेका ५० वर्षीय पुरुषलाई सर्पले टोकेपछि मंगलबार राती अस्पताल भर्ना गरिएको थियो । तर बिरामीलाई अस्पतालसम्म पुर्‍याउने उनका आफन्तले क्वारेन्टाइनमा बसेको कुनै जानकारी दिएका थिएनन् । 

मंगलबार राती नै बिरामीको पीसीआर परीक्षण गर्दा कोरोना देखिएपछि अस्पतालको आकस्मिक कक्ष 'सिल' गरिएको छ । अस्पताल भर्ना भएका बिरामीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।उनका अनुसार बिरामीको उपचारमा खटिएका पाँचजना स्वास्थ्यकर्मीलाई पनि आइसोलेसनमा राखिएको छ ।

प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले फेशबुकमा पोष्ट गर्दै भनेका छन्, 'भेरी मावी तरंगा ४ को क्वारेन्टाइनमा बसेका ५० वर्षीय पुरुषलाई अस्पताल ल्याउनेले पनि जानकारी नगराउँदा पीसीआर रिपोर्ट पोजिटिभ आयो।'

त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीले पनि सूचना नदिँदा प्रदेश अस्पताल इमर्जेन्सीमा ४ जना भन्दाबढी डाक्टर र स्वास्थ्यकर्मी तनावमा रहनुपर्‍यो। सबैबाट यस्तै व्यवहार भएमा अस्पतालले दिइरहेका सबै सेवा बन्द हुनसक्छन् । त्यसैले सबैबाट सहि कुराको जानकारी दिइ सहयोग गर्नुहुन अनुरोध गर्दछौं।'

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्यशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बिरामीको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण हुने बताए । यता बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले क्वारेन्टाइन व्यवस्थित भएपनि कसरी सर्प आएछ ? '


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.