जुम्लामा १८ जनाले आठ दिनमै जिते कोरोना

जुम्लामा १८ जनाले आठ दिनमै जिते कोरोना

सुर्खेत : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा रहेका १८ जना कोरोना संक्रमित घर फर्किएका छन् । उनीहरु कोरोना संक्रमण पृष्टि भएको आठ दिनमै निको भएपछि मंगलबार राती घर फर्किएका हुन् । आठ दिनमै कोरोना जीतेर घर फर्किनेमा भारतबाट फर्केका स्थानीयदेखि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत रहेका छन् । 

यही जेठ १९ गते प्रतिष्ठानले सार्वजनिक गरेको पीसीआर परीक्षण रिपोर्ट अनुसार उनीहरुलाई कोरोना संक्रमण भएको पृष्टि भएको थियो ।  भारतबाट फर्केर जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयमा क्वारेन्टाइन बसेका नागरिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सबैको आरडीटी र पीसीआर परीक्षण गर्दा दुबै रिपोर्ट पोजिटिभ देखिएपछि उनीहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको थियो । 

आइसोलेसनमा उपचारका क्रममा चाँडै निको भएपछि १८ जनाकै पुन पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना जीतेर घर फर्कनेमा जुम्ला सिंजा गाउँपालिकाका ६ जना, हिमा गाउँपालिकाका चारजना, जुम्लामा कार्यरत पाँचजना सुरक्षाकर्मी र तीनजना स्वास्थ्यकर्मी रहेका छन् । 

कोरोना जीतेर घर फर्किएकालाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी लगायत सरोकारवाला निकायको टोलीले खादा र मालासहित विदाइ गरेका हुन् । 

'उनीहरुलाई कोरोना संक्रमण कहिले भएको हो । थाहा भएन । तर छोटो समयमा नै कोरोना जीतेर घर फर्किनु खुसीको कुरा हो,' प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले भने, 'व्यक्तिमा कोरोना संक्रमण भएको लामो समय, इम्युनिटी पावर र उपचारमा राम्रो ख्याल राखेका कारण उनीहरुले छिट्टै कोरोना जीतेको हुनसक्छ।'

उनका अनुसार कोरोना जीतेर फर्किएकालाई घरमा पनि सावधानी अपनाउन सुझाइएको छ । हाल प्रतिष्ठानको आइसोलेसन कक्षमा थप आठजना कोरोना संक्रमितलाई राखिएको छ । उनीहरु पनि केही दिनमै कोरोना जीतेर घर फर्किने तयारीमा रहेको काफ्लेले बताए । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले घर फर्किएका सबैलाई बधाइ दिँदै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई इतिहासले नायक बनाउने हौसला दिए ।

कोरोना जितेर फर्किएका एक व्यक्तिले सावधानी अपनाए सजिलै कोरोना जित्न सकिने बताए । प्रतिष्ठानका विशेषज्ञ डा.धिरज गुरुङले कोरोना जीतेर घर फर्किए पनि केही हुन्न भन्दै खेलवाड नगर्न र थप सचेत रहन सुझाब दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.