मकैबालीमा फेदकटुवा र फौजी किराको प्रकोप

मकैबालीमा फेदकटुवा र फौजी किराको प्रकोप

बैतडी : बैतडीका विभिन्न स्थानमा लगाएको मकैबालीमा फेदकटुवा किराको प्रकोप देखिएको छ । सो किराले उम्रन लागेको मकै सखाप पारेको किसानले बताएका छन् । उम्रन लागेको मकै किराले खाएर नष्ट गरेको किसानले बताएका छन् । जिल्लाभरि फेदकटुवा किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । उनले भने, ‘यो वर्ष मकैबालीमा फेदकटुवा किराको प्रकोप देखिएको छ । यसले गर्दा किसान समस्यामा परेका छन् ।’

नगरपालिकाका विभिन्न क्षेत्रमा किसानले लगाएको मकैबाली फेदकटुवा किराले सखाप पारेको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । उनले भने, ‘पाटनका अधिकांश क्षेत्रमा फेद कटुवा किराले सखाप पारेको छ । धेरै ठाउँमा किसानले दोश्रो पटक मकै छरेका छन् ।’यस्तै जिल्लाको पुर्चौंडी नगरपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका लगायतका क्षेत्रमा पनि मकैबालीमा फेदकटुवा किराको प्रकोप देखिएको छ । यो किरा रातीको समयमा सक्रिय हुने गरेको छ । किराले मकैबाली नष्ट गर्दा भोकमरीको चिन्ता बढेको किसान बीरबहादुर टेरले बताए । 

यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौंजी किराको प्रकोप देखिएको छ । मकै भित्र्याएर रोपाइँ गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका थिए । ‘फौंजीकिराले मकैबाली सखाप पारेको छ । मकैका बोट राम्रोसँग हुर्कन नपाउँदै पात र गाबो किराले खाइसकेको छ ।’स्थानीय हरिश नाथले भने, ‘फौंजीकिराले मकैबाली नष्ट हुँदा हामी चिन्तित भएका छौं । मकै भित्र्याएर रोपाइँ गर्ने गरेका थियौं । तर यो वर्ष मकैबाली फौंजी किराले नष्ट गरेको छ ।’

जिल्लाको डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर लगायतका ठाउँमा मकैमा फौंजीकिराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए  । अहिले गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौंजी किराको प्रकोप देखिएको उनले बताए । उनले भने, ‘हामीले अनुगमन गर्दा पनि गोकुलेश्वर क्षेत्रमा फौंजीकिराको प्रकोप देखिएको छ । फौंजीकिराको प्रकोप देखिएका ठाउँमा विषादी छर्कन पनि हामीले सुझाव दिएका छौं । तर किराले धेरैजसो बाली नष्ट गरीसकेको छ ।’

मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा विभिन्न किराको प्रकोप देखिंदा मकैबाली नष्ट हुँदै गएको छ । बैतडीमा १४ हजार ५ सय हेक्टर जमिनमा मकै खेती हुँदै आएको छ । फेदकटुवा किरा र फौंजीकिराको प्रकोप नियन्त्रणका लागि विषादीको प्रयोग गनुपर्ने कृषि प्राविधिक बताउँछन् । मालाथिन लगायतका विषादीको प्रयोग गरेमा केही मात्रामा किराको प्रकोप हट्ने पाटन नगरपालिका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.