दाङका सात जना कोरोना जितेर घर फर्किए
दाङ : दाङका सात जना कोरोना संक्रमित निको भएका छन् । बेलझुण्डीको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका घोराही ३ र लमहीका ४ गरी सात जना संक्रमित निको भएका हुन् । निको हुनेमा ६ जना पुरुष र १ जना महिला रहेका छन् ।
जेठ १४ गते संक्रमण पुष्टि भएका उनीहरू बुधबार एकैदिन डिस्चार्ज भएका हुन् । अस्पतालमा १४ दिन बसेका उनीहरूको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज भएको अस्पतालका व्यवस्थापक हेस्थ असिस्टेण्ट दोर्णबहादुर वलीले जानकारी दिए ।
निको हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १८ का २४ र २५ वर्षीय दुई पुरुष, वडा नम्बर १० का ४० वर्षीय एक पुरुष रहेका छन् । त्यसै गरी लमही नगरपालिका वडा नम्बर १ र ४ का २६ वर्षीय दुई पुरुष, वडा नम्बर ५ का ५० वर्षीया महिला र वडा नम्बर ६ का १८ वर्षीय पुरुष उपचारपछि निको भएका अस्पतालका प्रमुख डा सर्वेश शर्माले बताए ।
यससँगै बेझुण्डी अस्पतालमा उपचारात ३२ जना डिस्चार्ज भएका छन् । अस्पतालमा अहिले ३७ जनाको उपचार भइरहेको छ भने एक जनाको थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।