थप ४ जनामा कोरोना पुष्टि, उदयपुरमा संक्रमितको संख्या ४० पुग्यो

थप ४ जनामा कोरोना पुष्टि,  उदयपुरमा संक्रमितको संख्या ४० पुग्यो

उदयपुर : उदयपुरमा बुधबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंस्थित टेकु र विराटनगर प्रयोगशालामा गरिएको परीक्षणबाट एकै दिन चार जनामा कोरोना देखिएको हो। यो सँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ भने उपचार पछि निको भएर घर फर्कनेको संख्या ३२ पुगेको छ। 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार उदयपुरगढी गाउँपालिका वडानं ५ का २५ वर्षीय, कटारी नगरपालिकाका २६ नर्षीय, त्रियुगा नगरपालिकाका उमेर नखुलेका दुई जनामा संक्रमण देखिएको हो।

संक्रमित सबै जना भारतबाट घर फर्किएका जिल्लाबासी हुन्। उनीहरुलाई सम्बन्धित पालिकाहरुले नेपाल भित्रिए लगत्तै उद्धार गरी क्वारेन्टाइनमा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए। संक्रमितहरु त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगढा, उदयपुरगढी र कटारी नगरपालिका १ बेलस्रोतस्थित नेपाली सेनाको रणसार्दुल गणको क्वारेन्टाइनमा बस्दै आएको स्वास्थ्य प्रमुख सुवेदीले बताए। हालसम्म त्रियुगा नगरपालिकामा ३५ जना, बेलका नपामा २, चौदण्डीगढी, कटारी नपा र उदयपुरगढी गाउँपालिकामा १/१ जना गरी ४० जनामा कोरोना पुष्टि भएको छ। 

    पुष्टि भएकामध्ये त्रियुगा नगरपालिका ३ भुल्केका ३१ जना र वडा नं ११ गाईघाटका पत्रकार गरी ३२ जनाले कोरोना जितेर घर फर्किएका छन्। संक्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले स्वाब संकलनमा तीव्रता दिएको छ। बुधबार मात्रै कार्यालयले २ सय ८ जनाको स्वाब संकलन गरी धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको सुवेदीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.