लालिघाट टिपर दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो

लालिघाट टिपर दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो

कालिकोट  : नरहरीनाथ गाँउपालिका- १ लालिघाट बजारमा भएको टिप्पर दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी निस्पता सार्कीको काठमाडौंको किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तुलाराज सिम्खाडाले जानकारी दिए। उनका अनुसार अर्का गम्भीर घाइते मीन सार्कीलाई किष्ट अस्पतालले थप उपचारका लागि वीर अस्पतालको टर्मा सेन्टरमा रिफर गरेको छ।

भारतबाट आएका मानिसहरुलाई लिन नगरपालिकाले पठाएको ना ८ ख ५१३३ नम्बरको टिप्पर बुधबार दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको थियो। दुर्घटनामा १२ जना घाइते भएका थिए। जसमध्ये गम्भीर अवस्थाका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको र बाँकी १० जनाको उपचार जिल्ला अस्पताल कालिकोटमा भइरहेको छ। स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतका अनुसार जिल्ला अस्पतालमा उपचार भइरहेका घाइतेहरुको अवस्था सामान्य रहेको छ। 

बेपत्ताको खोजी कार्य जारी 

दुर्घटनामा बेपत्ता रहेका दुई जनाको खोजी कार्य प्रहरीले जारी राखेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोसीका अनुसार घटना स्थलदेखि तलका विभिन्न बजारका स्थानीय नागरिकहरु र सुरक्षा पोष्टहरुलाई खबर गरी नदीको किनामा कुनै लास देखिए खबर गर्न सूचना जारी गरिएको छ।

उनका अनुसार बुधबार साँझ घटनास्थल नदी भित्र डुबेको टिप्परको खोजी गर्न डोजर लगाइएको थियो। डोजरले टिप्परको अगाडीको भाग फेला पारेका छ भने पछाडीको भाग फेला पार्न सकेन। आज पनि नदी भित्र डुबेको छन् कि भनेर खोजी कार्य जारी रहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.