सिन्धुलीको भिमान र सुनकोशीमा 'होल्डिङ सेन्टर', कमलामाईमा शव व्यवस्थापन

सिन्धुलीको भिमान र सुनकोशीमा 'होल्डिङ सेन्टर', कमलामाईमा शव व्यवस्थापन

सिन्धुली : छिमेकी मुलुक भारत तथा तेस्रो मुलुकबाट स्वदेश फर्किएकालाई राख्न सिन्धुलीको भिमान र सुनकोसीमा दुईवटा 'होल्डिङ सेन्टर' बनाइने भएको छ ।  कोरोना भाइरस (कोभिड-१९) को त्रासका कारण स्वदेश फर्किने नेपालीलाई क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनसम्म नजाँदाको समयमा होल्ड गर्न जिल्लाको भिमान र र सुनकोसी गाउँपालिकामा 'होल्डिङ सेन्टर' बनाउने निर्णय गरिएको हो । 

यस्तो निर्णय जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको संकट व्यवस्थापन केन्द्रले गरेको हो । भिमान र सुनकोसी दुबै छिमेकी जिल्लासँग जोठिएका नाका क्षेत्र हुन् ।  भारतलगायत तराईका जिल्लाहुँदै आउँनेहरुका लागि महोत्तरी र धुनषा जिल्ला जोडिएको सीमा क्षेत्र कमलामाई नगरपालिका ९ भिमान र राजधानी काठमाडौंबाट  वीपी राजमार्गहुँदै आउनेहरुका लागि काभ्रे जिल्लासँग सीमा जोडिएको क्षेत्र सुनुकोसी गाउँपालिकामा बनाइने छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेका अनुसार भिमानमा रहेको आजाद स्मृति भनव र नयाँ निर्माण भइहरको वन कार्यालयको भवनलाई होल्डिङ सेन्टरको रुपमा तयार गरी प्रयोग गर्ने निर्णय भएको हो । 'काठमाडौंबाट आउनेहरुलाई राख्न सुनकोशी गाउँपालिकाको प्रगतीशिल माविमा होल्डिङ सेन्टर तयार पारिने छ,' उनले भने । 

उता जिल्लामा हुने संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइसोलेसन र क्वारेन्टाइनको संख्यालाई समेत विस्तार गरिने भएको छ । यसका लागि कमलामाई नगरपालिका ६ राम्माडीमा रहेको एपोलो हस्पिटलमा २५ बेडको आइसोलेसन कक्षा तयार गरिने बताइएको छ ।

जिल्ला सदरमुकाममा हाल सिन्धुली अस्पतालमा ३३ बेडको आइसेलेसन संचालनमा छ । उता कोरोना संक्रमणका कारण सिन्धुलीमा कसैको मृत्यु भएमा त्यसको शव व्यवस्थापनका लागि कमलामाई नगरपालिका भित्रका स्थानको छनौट गर्ने तयारी भएको पनि प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । 

'नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी सिन्धुली, सिन्धुली अस्पताल र स्वास्थ्य कार्यालय सिन्धुलीको समन्वयमा शव व्यवस्थापन गर्ने गरिने भएको छ । यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको 'शव व्यवस्थापन प्रोटोकल २०७७' अनुसार तयार पारिने छ,' उनले भने । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.