एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

बैतडी : जयपृथ्वी राजमार्ग अन्तर्गत खोडपे–बझाङ सडकखण्डको बिन्द्रावनमा बिहीबार राति एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बैतडीको पुर्चौडी नगरपालिका–५ का ५५ वर्षीय दिल बहादुर कुँवर, उनकी ४५ वर्षीया श्रीमती बेलमती कुँवर र २० वर्षीय छोरा रोहित कुँवर रहेका छन् ।

घाइतेमध्ये दिलबहादुर र बेलमतीको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायवब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । तीनै जनालाई राति नै उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको अधिकारीले बताए ।
धनगढीबाट बैतडीको पुर्चौडी नगरपालिका जाँदै गरेको पुर्चौंडी नगरपालिकाको म १ झ ११३ नम्बरको एम्बुलेन्स बिहीबार राति ९ बजे सिगास गाउँपालिका–१ बिन्द्रावनमा दुर्घटनामा परेको हो । 

एम्बुलेन्स सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । एम्बुलेन्समा चालकसहित ४ जना सवार रहेका प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक पुर्चौडी नगरपालिका ७ का उत्तर विष्ट फरार छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.