क्वारेन्टाइनमै मदिरा

क्वारेन्टाइनमै मदिरा

नवलपुर : क्वारेन्टाइन बसेका एक व्यक्तिले क्वारेन्टाइनमै नियमित मदिरा खाने गरेको खुलेको छ। पूर्वी नवलपरासीको क्वारेन्टाइन बसेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि साथीमार्फत मदिरा झिकाउने गरेको रहस्य पत्ता लागेको हो।

२१ वर्षीय ती युवालाई संक्रमण देखिएपछि मदिरा पुर्‍याउने र बिक्री गर्ने पसले तथा तीनका घर परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ। पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ को जनकल्याण माविको क्वारेन्टाइनमा बसेका युवाले साथीमार्फत मदिरा मगाउने गरेका थिए। भारतबाट आएका उनको १३ दिनपछि पीसीआर परीक्षण गरिएको थियो। सोमबार रिपोर्ट पोजेटिभ आएपछि उनले साथीमार्फत पटक पटक मदिरा मगाएर पिउने गरेको खुलेको हो।

संक्रमण देखिएका ती युवा अहिले सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको आइसोलेसनमा छन्। क्वारेन्टाइनमा प्रहरी सुरक्षा नभएकाले वडा कार्यालय र स्वयंसेवकले निगरानी गर्दै आएका वडाअध्यक्ष नारायण पन्तले बताए। ‘रिपोर्ट पोजेटिभ आएपछि एक ÷डेढ सय गाउँलेले क्वारेन्टाइन घेर्दै रक्सी ल्याउने र बिक्री गर्ने पसलका बारेमा जानकारी दिदैं उनीहरुलाई निगरानीमा राख्न दबाब दिएपछि बल्ल रहस्य थाहा भयो’, उनले भने। क्वारेन्टाइन पछाडितर्फ खेत भएको त्यतैबाट आफूखुशी रक्सी र विभिन्न वस्तु मगाएर खाने गरेका स्थानीय बताउँछन्।

संक्रमितबाट पैसा लिएर रक्सी खरिद गर्ने ६ जनालाई क्वारेन्टाइनमा राखिएको नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दानीले जानकारी दिए। संक्रमितबाट पैसा लिने पसले र परिवारको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको उनले बताए। उनीहरुको ५ दिनपछि आरटीडी परीक्षण गरिने छ। स्वयंसेवकले निगरानी गर्ने क्वारेन्टाइनमा बिहान र साँझ असईको नेतृत्वमा गस्ती हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहन बहादुर खाँणले बताए।

भारतबाट आउनेको संख्या बढेपछि वडा कार्यालयले २ ठाउँमा क्वारेन्टाइन बनाएको छ। दुईवटा क्वारेन्टाइनमा ४३ जना छन्। हालसम्म जिल्लामा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईले जानकारी दिए। अहिले १ हजार १ सय जना क्वारेन्टाइनमा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.