सिन्धुलीको गोलन्जोरमा अब निःशुल्क एम्बुलेन्स सेवा !

सिन्धुलीको गोलन्जोरमा अब निःशुल्क एम्बुलेन्स सेवा !

सिन्धुली : एम्बुलेन्सलाई तिर्नुपर्ने भाडासमेत नहुँदा घरमै सुत्केरी हुनुपर्ने बाध्यतामा रहेका सिन्धुलीको गोलन्जोर गाउँपालिकाका गर्भवतीले अब निशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन्। पालिकाका सबै नागरिक स्वास्थ्य सेवा लिन समयमा नै स्वास्थ्य संस्थासम्म पुग्न सकुन भन्ने उद्देश्यले एम्बुलेन्स सेवा निशुल्क गरिएको हो।

यसअघि एम्बुलेन्स भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपय आमा र नवजात शिशुको मृत्यु हुने गरेको थियो। दुई वर्ष अघिमात्र गोलन्जोर गाउँपालिका ६ की एक गर्भवतीको सुत्केरी हुनेक्रममा मृत्यु भएको थियो। तर, अबको दिनमा पैसा नभएकै कारण कुनैपनि गर्भवती–सुत्केरी, अपाङ्ग र जेष्ठ नागरिक स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भन्नका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा निशुल्क गरिदिएको उपाध्यक्ष गंगादेवी श्रेष्ठले जानकारी दिइन्।

गाउँपालिकाले पालिका क्षेत्रभित्र महिलाको गर्भजाँच, जेष्ठ नागरिक र अपाङ्ग व्यक्तिहरुले एम्बुलेस सेवा लिनु पर्नेभए निशुल्क सेवा दिने निर्णय गरेको हो। श्रेष्ठले भनिन्  ‘गर्भवती महिलाले गर्भजाँच गराउन, प्रसुतिका लागि अस्पतालसम्म जान र घर ल्याउन, जेष्ठ नागरिक र क, ख वर्गको अपाङ्ग परिचय पत्र पाएकाहरुले गाउपालिका भित्रका कुनै पनि स्वास्थ्य संस्थासम्म जान र घर फर्कन निःशुल्क एम्बुलेन्सको प्रयोग गर्न पाउने व्यवस्था गरिएको हो।'

उनीहरुलाई थप उपचारका लागि काठमाण्डौं लगायत पालिकाभन्दा अन्यत्र लैजादा लाग्ने एम्बुलेन्स भाडामा पनि ५० प्रतिशत छुट दिइने गाउँपालिकाले निर्णय भएको श्रेष्ठले बताइन्।
पालिकाले संचालन गरेको एम्बुलेन्समा यसअघि गर्भवती, सुत्केरी तथा जेष्ठ नागरिकलाई २५ प्रतिशतमात्र छुट गरिएको थियो। यस अघि गाउँपालिकाबाट धुलिखेल वा काठमाडौंसम्म एम्बुलेन्स लिएर जानु पर्दा विपन्न वर्ग ७ देखि ९ हजार रुपैयाँसम्म भाडा तिर्न बाध्य थिए। 
उता गाउँपालिकाले यस्तो निर्णय गरेसँगै विपन्न वर्गमा खुसी छाएको छ। गाउँका अधिकांश सर्वसाधरण कृषिमा निर्भर छन्। उनीहरु पैसा अभावमा रोग लुकाएर बस्न बाध्य थिए। इमर्जेन्सिनै हुँदापनि एम्बुलेन्स लिएर तत्काल अस्पताल पुग्ने अवस्था थिएन। तर, गाउँपालिकाले ढिलै भएपनि  गर्भवती–सुत्केरी, अपाङ्ग र जेष्ठ नागरिकलाई राहत पुगेको गोलन्जोर ३ का सामाजिक अभियान्ता गौरव कार्कीले प्रतिक्रिया दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.