उद्यमी युवा र विपन्न बालबालिकालाई राहत

उद्यमी युवा र विपन्न बालबालिकालाई राहत

कालिकोट : जिल्लामा उद्यमी युवा र विपन्न परिवारका बालबालिकालाई राहत वितरण गरिएको छ । जिल्लाको तिलागुफा नगरपालिका र नरहरीनाथ गाउँपालिकाका विभिन्न विद्यालयमा माध्यामिक तहमा अध्ययनरत ७० जना विपन्न परिवारका बालबालिका र सानो व्यवसाय गरिरहेका ३७ जना लघु उद्यमी युवालाई राहत वितरण गरिएको हो ।

सेभ द चिल्ड्रेनको साझेदारीमा भिडिसेफ नेपालद्वारा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनामार्फत ७० जना बालबालिका र ३७ जना उद्यमी युवालाई प्रति व्यक्ति दश हजारका दरले नगद राहत वितरण गरिएको परियोजना संयोजक भुपालसिंह बोहोराले जानकारी दिए । 

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउने प्रभावित भएका विपन्न परिवारका बालबालिका तथा युवा उद्यमीलाई राहत वितरण गरिएको हो ।

जिल्लाका दुईवटा स्थानीय तहमा स्थानीय सरकारको छनोटका आधारमा माध्यामिक तह ८, ९ १० मा पढिरहेका ७० जना न्युन आर्थिक अवस्था भएका विद्यार्थीका अभिभावकलाई विद्यार्थीको पढाइमा सहयोग पुर्‍यान ७ लाख राहत दिइएको हो । 

उनले भने, 'यस कोरोनाको विसम परिस्थितिमा परियोजनाबाट व्यवसायिक तालिम लिइ व्यवसाय संचालन गरिरहेका ३७ जना लघु व्यवसायीलाई आवश्यकताअनुसार प्रति व्यक्ति ५ हजारदेखि ८ हजारसम्म गरी कुल २ लाख वितरण गरिएको छ ।

राहत रकम वितरण गर्दै नरहरीनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले सेभ द चिल्डेन र भिडिसेफ नेपालको सहयोग विपन्न विद्यार्थीका घरघरमा पुगेको बताए ।  उनले भने, 'काम गरी खाने परिवारलाई दैनिक खर्च व्यवस्थापन गर्न समस्या छ । छोरा छोरीको पढाइका लागि आवश्यक शैक्षिक सामग्री किन्न झनै समस्या छ । यस परिस्थितिमा भिडिसेफ नेपालले विद्यार्थीकै हातमा पर्ने गरी नगद आर्थिक सहयोग गरेपछि उनीहरुलाई ठूलो राहत भएको छ । 

नरहरीनाथ गाउँपालिकास्थित रमा माविमा कक्षा १० मा अध्ययनरत छात्रा गोविन्द विकले अहिले कापी कलम पनि किन्न खर्च नपाइने अवस्थामा आफूले पाएको दश हजारले शैक्षिक सामग्री किन्न ठूलो सहयोग पुग्ने बताए ।

उनले भने, 'बुवा भारत गएर कमाए ल्याएको पैसाले कापी कलम किन्नु पर्ने बाध्यता थियो । कोरोनाले भारतको रोजगारी पनि खोस्यो । घरमा बुवासँग कापी किन्ने पैसा पनि थिएन् । यो दश हजारले मलाई एक वर्षसम्म कापी कलम किन्न पुग्छ । नरहरीनाथ गाउँपालिका ३ कुमालगाउँमा कपाल काट्ने व्यवसाय संचालन गरिरहेका नवराज बुढाले अहिले बन्दाबन्दी भएको अढाइ महिना बीचमा आफ्नो व्यवसाय बन्द रहेकाले घर खर्च चलाउन गाह्रो भइरहेको बेला आफूले पाएको नगद सहयोगले घर खर्च चलाउन आफूलाई ठूलो राहात भएको बताए । 

युवा सशक्तिकरण बुलगारी परियोजनाले नरहरीनाथ गाउँपालिका र तिलागुफा नगरपालिकामा युवा सशत्तिकरण बुलगारी परियोजनाले सन् २०१६ देखि युवा र बालबालिका क्षेत्रमा काम गरिरहेको छ । यस अवधिमा २ सय ८० जना युवालाई व्यवसायिक र लघु उद्यम तथा सिपमुलक तालिम दिएको छ ।

जसमध्ये २ सय २० जना युवाहरु सोरोजगार भएका छन् । तर अहिले कोरोनाको संक्रमण रोक्न गरिएको लकडाउने उनीहरुको व्यवसाय प्रभावित भएको छ ।  भिडिसेफ नेपालका अध्यक्ष मिनबहादुर बोगटीले भने,' हालको कोरोना महामारीमा पालिकालाई क्वारेन्टाइन व्यवस्थापनमा सहयोग तथा शैक्षिक क्षेत्रमा पालिकासँगको साझेदारीमा शैक्षिक कक्षा समेत संचालन गरिएको छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.