सप्तरीमा स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण

सप्तरीमा स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण

राजविराज : सप्तरीमा शुक्रबार एक स्वास्थ्यकर्मीसहित १७ जना कोरोना संक्रमित थपिएका छन्।सप्तरीमा १७ जना बिहीबार साँझ कोरोना संक्रमणमुक्त भएसँगै शुक्रबार १७ जना नै थप भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । जसमा एक जना हनुमाननगर कंकालिनी नगरपालिका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट रहेका छन् । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा हनुमाननगर कंकालिनी नगरपालिकामा स्वास्थ्यकर्मीसहित १५ जना र बोदे बर्साइन नगरपालिका र महादेवा गाउँपालिकाका १/१ जना गरी १७ जना थप भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो ।

हनुमाननगर कंकालिनी नगरपालिका ६ का २६, २६, ३५, २८, २२, १८, ४८, ३६, २१, १८, १९ वर्षका १२ जना, वडा नम्बर ७ का ३२ वर्षीय र वडा नम्बर १२ का १७ र ३४ वर्षीय पुरुष संक्रमित पुष्टि भएको बरिष्ठ मलेरिया इन्स्पेक्टर नारायणप्रसाद राउत बरैले बताए । 

बरैका अनुसार बोदे बसाईन नगरपालिका २ का ४८ वर्षीय र महादेवा गाउँपालिका ५ का २८ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । शुक्रबार कोरोना संक्रमित फेला परेको महादेवा गाउँपालिका सप्तरीको नयाँ स्थानीय तह हो । योसँगै सप्तरीको १८ मध्ये १४ स्थानीय तहमा कोरोना संक्रमित फैलिएको छ ।

एकजना स्वास्थ्यकर्मी थप भएपछि सप्तरीमा संक्रमित स्वास्थ्यकर्मीको सङ्ख्या २ पुगेको छ । यसअघि जेठ २३ गते बोदे बर्साइन नगरपालिका-५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनका इन्चार्ज एवम् स्वास्थ्य चौकी प्रमुखमा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा खटिएका अन्य स्वास्थ्यकर्मी र उपचार गराएका सेवाग्राही संशकित भएका छन् ।

सप्तरीमा संक्रमण देखिएकामध्ये १ सय ३० जना भारतको विभिन्न राज्यबाट आएका, ६ जना क्वारेन्टाइनमा खटिएका प्रहरी, कर्मचारी र २ जना चितवनको भरतपुरबाट आएको रहेको आइसोलेशन व्यवस्थापनमा खटिएका डा. जितेन्द्र यादवले बताए । 

सप्तरीमा बिहीबार बोदे बर्साइन नगरपालिका-५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनमा खटिएका प्रहरीमा समेत संक्रमण देखा परेको छ । सोही क्वारेन्टाइनमा खटिएका प्रहरी हवल्दार र कार्यालय सहयोगीमा त्यसअघि जेठ १५ गते संक्रमण पुष्टि भएको थियो । जेठ १४ गते सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता माविको क्वारेन्टाइनमा खटिएका असइमा कोरोना संक्रमण देखिएको थियो ।संक्रमितमध्ये असइ र प्रहरी हवल्दारसहित २१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.