पारा खेलाडीलाई कुँवरको सहयोग
काठमाडौं : नेपाली पारा राष्ट्रिय तेक्वान्दो खेलाडीलाई पूर्वप्रशिक्षक कल्याण कुँवरले आर्थिक सहयोग गरेका छन्। लकडाउनका कारण समस्यामा परेका पारा खेलाडीलाई पूर्वप्रशिक्षक कुँवरले आर्थिक सहयोग गरेका हुन्।
यसअघि पारा तेक्वान्दो कमिटीले पनि खेलाडीलाई खाद्यान्न र आर्थिक सहयोग प्रदान गरेको थियो। राष्ट्रिय पारा खेलाडी रन्जना धामी र राम अधिकारीले आफ्नै प्रशिक्षकबाट पाएको सहयोगले जीवनमा विशेष अर्थ राख्ने बताए। ‘उहाँहरूलाई हामीले गुरु दक्षिण दिनुपर्ने हो। तर, हाम्रो समस्यालाई बुझेर उहाँहरुको सहयोग पाउँदा निकै खुसी लाग्यो’, उनीहरुले भने।