गुल्मीमा कोरोना संक्रमितको मृत्यु
गुल्मी : गुल्मीमा कोरोना पोजेटिभ देखिएका एक जनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–४ जैजिथोकका ३६ वर्षीय युवाको मृत्यु गएराति मृत्यु भएको हो । उनलाई रेसुंगा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा राखेर उपचार गराइएको थियो । मृतकको शवलाई जन्मस्थान नजिकै व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी गराए ।
भारतबाट आएका ती यूवाको जेठ १२ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । धुर्कोटका स्थानीयका अनुसार उनी क्यान्सर रोगबाट पनि थलिएका थिए ।