आफैंले चलाएको गाडी दुर्घटना हुँदा गाउँपालिका अध्यक्षको मृत्यु
![आफैंले चलाएको गाडी दुर्घटना हुँदा गाउँपालिका अध्यक्षको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Rajkumar-sharma-gaupalika-chairman-death-accident-nawalparasi_20200614070045_V4Mo7KSESL.jpg)
परासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सडक दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो ।
दुर्घटना भएको गाउँपालिकाको गाडी उनी आफैंले चलाएका थिए । अगाडीबाट साइकलमा आउँदै गरेका यात्रुलाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोकिएर दुर्घटना भई उनी च्याप्पिएका थिए।
उनको उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो । ५१ वर्षीय शर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)