कोरोना जित्नेको संख्या ९७४ पुग्यो : एकै दिन ४२४ मा संक्रमण

कोरोना जित्नेको संख्या ९७४ पुग्यो : एकै दिन ४२४ मा संक्रमण

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणपछि उपचारमा रहेका ६१ जना आइतबार डिस्चार्ज भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका ६१ जना कोरोना जितेर डिस्चार्ज भएका हुन्। 

आइतबार ६१ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ९७४ पुगेको छ। जसमध्ये ८७७ पुरुष र ९७ महिला रहेका छन्। 

यस्तै आइतबार थप ४२५ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  गौतमका अनुसार आइतबार ४२५ जनाको रिपोर्ट पोजिटिभ आएको हो। योसँगै कोरोना संक्रमितको संख्या पाँच हजार सात सय  ६० पुगेको छ। नयाँ संक्रमितमध्ये ३७५  पुरुष र महिला ५० महिला  छन्।

अहिलेसम्म पीसीआर विधिबाट १ लाख ३३ हजार ३७७ र आरडीटी विधिबाट २ लाख १० हजार ७२१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ८९ र आरडीटी विधिबाट २० हजार १३९ जनाको नमुना परीक्षण गरिएको छ। 

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ४३ हजार ६४१जना क्वारेन्टाइनमा छन् भने  यस्तै आइसोलेसनमा ४ हजार ७६८ जना रहेका छन्।  नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ। शुक्रबार एकै दिन दुई जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.