बाइक किनेर पार्टी दिंदा साथीले नै  ज्यान लिए

बाइक किनेर पार्टी दिंदा साथीले नै  ज्यान लिए

पोखरा : जेठ मसान्तको राति ३ बजे कास्की प्रहरीको १०० नम्बरमा एउटा फोन आयो । फोन गर्नेले भने, ‘हाम्रो साथी हरायो ।’ बिहानै प्रहरी पोखरा २९ पट्नेरी पुग्यो । फोन गर्नेहरुसँग भेट्यो । प्रहरी हराएका उनीहरुको साथी पनि खोज्दै थियो । प्रहरीले सेतीको खोंचमा २१ वर्षे अमित रसाइलीलाई मृत भेट्यो । 

तिनै फोन गर्ने र अरु ३ जनासमेत गरी ४ जनालाई सोधपुछ गर्दै जाँदा अमित मृत भेटिनुको रहस्य पत्ता लगाउन प्रहरीलाई धेरै समय लागेन । उनीहरुले घटनाक्रम खररै बताइहाले । भएको के रहेछ भने अमितले उनीहरुलाई नै पार्टी दिएका थिए । भर्खर २१ वर्ष पुगेका पट्नेरीका अमित रसाइलीलाई मोटरसाइकल किन्दा चौपट्टै खुसी लागेको थियो । त्यही मोटरसाइकल किनेको खुसी नै उनको जीवनको अन्त्यको कारण बन्छ भन्ने उनको कल्पनामा हुने कुरै भएन । त्यही खुसी साट्दा साथीभाइले उनको ज्यानै लिएका छन् । 

अल्लारे उमेरका उनीहरुको झगडाको कारण इगो (ईष्र्या) समस्या भएको ठम्याइमा प्रहरी पुगेको छ । पटनेरीका उनीहरु पार्टी गर्ने भनेर सेतीनदीपारि भरतपोखरी बाघमारा पुगेका थिए । पोखरा ३३ बाघमाराको चौरमा लोकल रक्सी, चाउचाउ र चुरोट खाँदै गफ गर्दा उनीहरुबीच बाइकको प्रसंग चल्यो । कसको बाइक राम्रो, कसकी प्रेमिका राम्री भन्ने गफ गर्दागर्दै उनीहरु तँतँ र मममा उत्रिए । त्यतिमा मात्रै विवाद सीमित भएन साथीहरुले अमितलाई हेल्मेट र ढुंगाले टाउकामै हिर्काए । उनको ज्यान गयो ।

अमित मरेपछि शव लुकाउन उनीहरुले सेतीनदीको खोंचमा फालेको प्रहरीले पत्ता लगाएको छ । कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले सोमबार पत्रकार सम्मेलनमा बताएअनुसार रक्सीले मात्तिएपछि उनीहरुबीच कसको बाइक र प्रेमिका राम्रो भन्ने झगडा चर्किएको थियो । कास्की प्रहरीले अमित हत्याको आरोपमा उनका साथीहरु २० वर्षे मनीष श्रेष्ठ, २१ वर्षे सुनम गुरुङ, २१ वर्षका शंकर सुनार र उत्ति नै वर्षका कृष्ण सुनारलाई पक्रेर थप अनुसन्धान गरेको छ । 

अमितको शव आइतबार बिहान सेतीनदीको रातोपैह्रास्थित खोंचमा भेटिएको थियो । पक्राउ परेका सबै ४ जनालाई थुनामा राखी अनुसन्धान गर्न कास्की प्रहरीले कास्की अदालतबाट अनुमति लिइसकेको छ ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.