काठमाडौंमा पनि थपिए ४ जना कोरोना संक्रमित
काठमाडौं : काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। काठमाडौंका ४ र ललितपुरका १ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुष र काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा १ जना गरी दुईजना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
यस्तै पाटन अस्पतालको प्रयोगशालामा ललितपुरकी १ महिला र काठमाडौंकी २ महिला गरी ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता तथा डा. जागेश्वर गौतमले जानकारी दिए।
सोमबार एकै दिन ४५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार ४५१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६ हजार २११ पुगेको हो।
आइतबार मात्रै ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। सोमबार पीसीआर विधिबाट १ लाख ३८ हजार ६८३ र आरडीटी विधिबाट २ लाख १९ हजार ३३६ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०६ र आरडीटी विधिबाट ८ हजार ६१५ जनाको नमुना परीक्षण गरिएको छ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ३३ हजार ८२९ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ५ हजार १५१ जना रहेका छन्। ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। रेडजोनमा रहेका छन्। सोमबार थप ४९९ जना रेडजोनमा परेका छन्।
यस्तै सोमबार थप ६७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६७ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको १ हजार ४१ पुगेको छ। जसमध्ये ९३७ पुरुष र १०२ महिला छन्।