गुल्मीमा ११ जना कोरोना संक्रमित थपिए

गुल्मीमा ११ जना कोरोना संक्रमित थपिए

गुल्मी : गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो । मुसिकोट नगरपालिका ३०, २९, २८, २१ र २० वर्षका पुरुष तथा २६ वर्षकी महिला र ५ वर्षकी बालिकामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।

मुसिकोटबाट रिफर गरेर भैरहवामा उपचारत अर्का एक जनामा पनि कोरोना पुष्टि भएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक ढालबहादुर जिसीले बताए । योसँगै मुसिकोट नगरपालिकामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ पुगेको छ ।

रेसुङ्गा नगरपालिकाका वडा नम्बर ३ का ४८ वर्षका पुरुष, वडा नम्बर ६ का १९ वर्षका पुरुष र वडा नम्बर १४ का २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । यससँगै गुल्मी जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।

जिल्लामा हालसम्म ३७२९ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । पीसीआर विधिबाट परीक्षण गर्न ७०६ जनाको स्वाब संकलन गरिएकोमा ४०५ जनाको मात्रै रिपोर्ट आएको छ । ३०१ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए। 

गुल्मी जिल्लामा २ हजार ८ सय ९ जना क्वारेन्टाइनमा बसेका छन् । भारतलगायत तेस्रो मुलुकबाट आएकाहरुलाई राख्न ५,३०८ बेडको क्वारेन्टिन तयार गरिएको छ । जिल्लामा हाल ७७ बेडको आइसोलेसन बेड तयार गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.