न्याय माग्दै  टिपर दुर्घटनाका पीडित

न्याय माग्दै  टिपर दुर्घटनाका पीडित

कालिकोट : गत बुधबार जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. १ लालिघाटमा भएको  टिपर दुर्घटनाका ज्यान गुमाएकाका आफन्तले न्यायको माग गरेका छन् । जिल्लाको रास्कोट नगरपालिकाका भारतबाट आएका स्थानीयलाई  क्वारेन्टाइन लैजान टिपरमा कोचर लगेको र चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै मृतकका आफन्तले न्याय दिलाउन माग गरेका हुन् । 
   

टिपर दुर्घटनामा ज्यान गुमाउने सर्मिला सार्की, थुम्की सार्कीको, निस्पता सार्की, मन्ना सार्की र वेपत्ता सरिता सार्कीका आफन्तले जिल्ला प्रहरी कार्यालयमा  टिपर चालक जयलाल धकालाको नाममा सवारी ज्यानन सम्बन्धि मुद्दा दिएका छन् । वर्षेनी कालापाहाड गएर मजदुरी गरी पेट पाल्दै आएका नागरिकलाई गिट्टी बालुवा बोक्ने टिपरमा हालेर लापरबाही गरी दुर्घटना गराउने  टिपर चालक धमाला र लालिघाटमा ड्यूटीमा खटिएका प्रहरीलाई आजीनव कैद र पीडित परिवारलाई उचित राहतसहित क्षतिपुर्ति दिन माग गरेका हुन् । 
   
मृतक मन्ना सार्कीका श्रीमान धनरुप कुमालले भने, 'लालिघाटमा टिपर दुर्घटना भवितव्य होइन ।  टिपर चालक र लालिघाटमा ड्यूटीमा खटिएका प्रहरीको गम्भीर लापरबाहीका कारण भएको हो । उनीहरुलाई आजीवन कैद हुनुपर्छ । हामीलाई उचित राहतसहित क्षतिपुर्तिको व्यवस्था हुनुपर्छ ।' यस्तै अर्का पीडित हरसिंह सार्कीले भने, 'प्रहरीमा टिपर चालकका नाममा मात्र उजुरी दर्ता भएको छ । लालिघाटमा ड्यूटीमा खटिएका प्रहरीको नाम ठेगाना कसैले दिएनन् । हामीले  टिपर चालकलाई आजीवन कैद सजाय हुनुपर्छ भन्ने मागसहित उजुदरी दिएका छौँ ।'

'रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बरालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको रोहवरमा नगर कार्यापालिका बैठक बसी दुर्घटनाको छानबिन समिति गठन गरी निस्पक्ष छानबिन गर्ने, मृतकका परिवारलाई क्षतिपूर्तिसहित दश लाख राहत दिने आश्वासन दिएका थिए',  सार्कीले भने, 'न छानबिन समिति बन्यो । न पीडित परिवारलाई राहात नै । नगरपालिकाबाट आश्वासन मात्र पाइयो ।' 
      
दुर्घटनामा गम्भीर घाइते भइ उपचारका क्रममा ज्यान गुमाएकी निस्पता सार्कीका श्रीमान गोबिन्द साकीले भने,  'टिपर दुर्घटनामा मैले मेरो जिन्दगीको सहारा गुमाएँ । ८ महिनाको नाबालक छोरा टुहुरो भयो । भारतबाट घर पुग्ने दिनमै  टिपर दुर्घटनाको शिकार भयो मेरो परिवार । हामीलाई पहिलो कुरा न्याय चाहियो । सुनियोजित रुपमा  टिपर कर्णालीमा फालेर ज्यान लिने चाकललाई जन्मै कैदको सजाय होस् । त्यसपछि क्षतिपूर्तिसहित उचित राहतको व्यवस्था हो ।'  
    
यता रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बरालले आफू कामको शिलशिलामा सुर्खेत रहेको र एक दुई दिनमै नगरपालिका फर्किएपछि टिपर दुर्घटनाको छानबिन समिति गठन तथा घटनाका पीडितलाई राहतको विषयमा छलफल गरी टुंगो लगाइने बताए । उनले भने, 'लालिघाटमा दुखद घटना भयो । यस विषयमा हामी निकै संवेदनशील छौँ । पीडितहरुलाई न्याय दिने, क्षतिपूर्ति दिने र राहातको व्यवस्था गर्न नगरपालिका तयार छ ।' जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोसीले टिपर चालक धमालालाई पक्राउ गरी सवारी ज्यान कसुरमा मुद्धा दर्ता भइसकेको जानकारी दिए । उनका अनुसार चालकको बयान लिन बाँकी छ । जिल्ला अदालतबाट चालकलाई २० दिन म्याद थप गरी घटनाको थप अनुसन्धान गरिरहेको छ । 
     
जेठ २७ गते लालिघाट भएको  टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । घटना स्थलमै सर्मिला सार्की र थुम्की सार्कीको मृत्यू भइसकेको थियो । १२ जना घाइतेमध्ये गम्भीर घाइते भएकी निस्पता सार्कीको काठ्माडौंको किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यू भएको थियो । अर्का घाइते मीन सार्कीको बीर अस्पतालको टर्मा सेन्टरमा उपचार भइरहेको छ । बाँकी ८ महिने बालक सहित १० जना घाइतेहरुको जिल्ला अस्पतालमा उपचार गरी घर गइसकेका छन् । भारतबाट आएका मानिस लिन नगरपालिकाले पठाएको ना ८ ख ५१३३ नम्बरको  टिपर दुर्घटना हुँदा ३९ जना मजदुरको कालापाहाडको कमाइ पनि नदीमा बगेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.